Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए मेरिल्याण्ड च्याप्टरमा राजु पराजुली विजयी

एनआरएनए मेरिल्याण्ड च्याप्टरमा राजु पराजुली विजयी

नेप्लिज डायस्पोरा

१८, जेठ २०७८
images
एनआरएनए मेरिल्याण्ड च्याप्टरमा राजु पराजुली विजयी

 


एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा राजु पराजुली निर्वाचित भएका छन्। त्यस्तै, च्याप्टरको उपाध्यक्षमा प्रेम सुवेदी र सचिवमा प्रविन खड्का निर्वाचित भएका छन्।

यसरी निर्वाचित हुनेहरुमा सह सचिवमा राजेश रजक, कोषाध्यक्षमा रमेश श्रेष्ठ, युथ कोअर्डिनेटरमा संजोक कार्की, महिला संयोजकमा सिर्जना पोखरेल रहेका छन्। त्यसैगरी च्याप्टरको बोर्ड अफ डाइरेक्टरहरुमा किरण पण्डित, सिता कुमारी श्रेष्ठ, बिष्णु प्रसाद पौडेल, लोकनाथ मरासिनी, रोहण नरसिंह राणा र कमला भुषाल रहेका छन्।

अध्यक्षमा निर्वाचित भएपछी पराजुलीले सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। धन्यवाद बक्तव्यमा पराजुलीले "यो खुशीको क्षणमा सबै मतदाता, मेरो टिमका सहयोगी साथीहरु, निर्वाचन समितिलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यस निर्वाचनमा मसॅगै उमेद्वार बन्नुभएका प्रिय मित्र, बौद्धिक व्यक्तित्व, युवा समाजसेवी बिष्णु बराललाई सौहार्दपूर्ण प्रतिस्पर्धाका लागि म आभार व्यक्त गर्दछु ।" भनेका छन्।

मतदाताहरुको उत्साहपूर्ण सहभागीताका लागि हार्दिक आभार व्यक्त गर्दै पराजुलीले निर्वाचनमा सक्रिय सहभागी भई मतदान गरेर सामाजिक नेतृत्व चयन गर्ने प्रजातान्त्रिक प्रक्रियामा आफूलाई समाहित गराउनु भएकोमा तपाई सबैप्रति गौरब गर्दछु भनेका छन्।

निर्वाचित सबै उमेद्वारले आफ्ना मतदातालाई आभार सहित धन्यवाद ज्ञापन गरेका छन्।

images
प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - २२:४१:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend