Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

आईतबार बानामा बालबालिकालाई पनि खोप लगाईने, एनआरएनएका विजेतालाई सम्मान गरिने

आईतबार बानामा बालबालिकालाई पनि खोप लगाईने, एनआरएनएका विजेतालाई सम्मान गरिने

नेप्लिज डायस्पोरा

२२, जेठ २०७८
images
आईतबार बानामा बालबालिकालाई पनि खोप लगाईने, एनआरएनएका विजेतालाई सम्मान गरिने

बानाको आयोजनामा यहि जुनको ६ तारिखमा कोभिड बिरुद्दको भ्याक्सिन बाना सामुदायिक भवनमा लगाईने भएको छ। पहिले लगाईसकेका ब्यक्तिलाई दोस्रो डोज र नलगाएकाहरुलाई पहिलो डोज खोप लगाउने कार्यक्रम रहेको अध्यक्ष सुबोध विलास पन्तले बताए।

बालबालिकालाई पनि खोप लगाईने

सोहि अवसरमा समुदायमा रहेका १२ देखि १७ बर्षका बालबालिकालाई पनि खोप लगाउने कार्यक्रम रहेको अध्यक्ष पन्तले जानकारी दिए। पन्तका अनुसार खोप लगाउन चाहने ब्यक्तिले वा अभिभावकले बानाको वेब साईट www.banaonline.org मा गएर फाराम भर्नु पर्नेछ। फारम भर्न यो लिंकमा क्लिक गर्नुहोस।

एनआरएनए विजेतालाई सम्मान गरिने

यसैबीच एनआरएनए अमेरिकाको हालै सम्पन्न निर्वाचनमा विजयी भएका उमेद्वारहरुलाई बानाले आईतबार नै सम्मान गर्ने कार्यक्रम राखेको छ। कार्यक्रममा मेरिल्याण्डबाट केन्द्रमा र च्याप्टरमा विजयी भएका सबै उमेद्वारलाई सम्मान गरिने र निमन्त्रणा गरिसकिएको अध्यक्ष पन्तले बताए।

बानाद्वारा जारी सूचना

नमस्कार 🙏
१६ मे मा कोभिडको पहिलो डोज VACCINE लगाउनुभएका महानुभावहरूको लागि यहि ६ जुन को दिन दोस्रो डोज VACCINE बाना सामुदायिक भवनमा लगाउने कार्यक्रम रहेको जानकारी गराउदछौ।
साथै पहिलो डोज लगाउनबाट छुट्नुभएको छ भने पनि सोहि दिन लगाउन सक्नुहुनेछ।
१२ देखि १७ बर्षसम्मका बालबालिकाहरूलाई ( अभिभावक अनिवार्य हुनुपर्ने ) पनि VACCINE उपलब्ध छ।

@BALTIMORE ASSOCIATION OF NEPALESE IN AMERICA ( BANA)
2906 taylor ave,
Parkville, MD, 21234

पहिलो डोजको लागि यो link मा गएर फर्म भन्नुहोला।
https://www.marylandvax.org/appointment/en/reg/6029129746

बिस्तृत:
Subodha Panta : 5129397172
Kiran Dhakal : 4436758206

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - ०७:३८:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend