Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कोलोराडोमा डा. पुनलाई सुन्नेको घुइॅचो, एक्काइस हजार तीन सय डलर संकलन

कोलोराडोमा डा. पुनलाई सुन्नेको घुइॅचो, एक्काइस हजार तीन सय डलर संकलन

नेप्लिज डायस्पोरा

२३, जेठ २०७८
images
कोलोराडोमा डा. पुनलाई सुन्नेको घुइॅचो, एक्काइस हजार तीन सय डलर संकलन


२० जेठ, डेन्भर । नेपालमा कोभिड-१९ विरुद्ध आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न हेतु रकम संकलन गर्न कोलोराडोमा हिजो सॉझ आयोजित कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।

“Meet And Greet Fundraising Dinner With Dr. Pun” नामक कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आफ्नो छोटो परिचयसॅगै आविस्कार केन्द्रले नेपालका दुर्गम भेगदेखिको आविष्कार केन्द्र स्थापनासम्मको यात्रा र अब हॅुदै गरेको खोज र निकट भविष्यमा केन्द्रले गर्न लागेको परियोजनाका बारेमा दर्शक, श्रोता समक्ष प्रस्तुत गरेका थिए । सहभागी मध्येका अटोक्र्याट इन्जिनीयरिड०का विद्यार्थी भरत श्रेष्ठले तयार गरेको घामे लौरो (Sun Stick) को नमूना चित्र डा. पुनलाई हस्तान्तरण गरेका थिए ।

ब्रुमफिल्ड स्थित दरवार नेपलिज रेष्टुरेन्टमा भएको उक्त रात्री भोज सहितको रकम संकलन कार्यक्रमलाई कोलोराडो युथ सोसाइटीले आयोजना गरेको हो । विप्लव गौली, संगिता लामा र दिनेशराज पन्तले संचालन गरेको कार्यक्रममा RMFN का अध्यक्ष टिका पौडेल तथा NRNA, NCC Colorado Chapter का नव निर्वाचित अध्यक्ष रामचन्द्र पन्तले कार्यक्रममा सहभागी सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा नव निर्वाचित NRNA कोलोराडो चाप्टरबाट-$ २,२६०/-, सिस्टर ग्रुप कोलोराडोबाट -$३,६४४/-, हिमालयन लायन्स क्लवबाट -$१,१८७/-, सुमन हुमागाई (दरबार नेप्लिज एण्ड इण्डियन बीस्ट्रो)बाट $१,०००/-, ‘वानको’मा कार्यरत एक समूह- $५०००/-, नेपाल इभेन्ट कोलोराडोबाट -$१,०००/- तथा सहभागीहरुबाट व्यक्तिगत रुपमा उठेको समेत जम्मा $२१,३९८/- (एक्काइस हजार तीन सय अठार डलर) रकम संकलन भएको आयोजकले बताएका छन् ।

अमेरिकामा पढेर जन्मभूमि/स्वदेश नेपाललाई नै आफ्नो कर्मभूमि बनाई देशकै खातिर अहोरात्र खोज, अनुसन्धान र आविष्कारमा खटिरहेका राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा. महावीर पुनलाई सुन्न अमेरिकी, नेपाली युवा, वृद्ध, वनिता गरी १६८ जनाको उपस्थिति रहेको थियो ।

3.jpg

 

4.jpg

 

2.jpg

 

5.jpg

 

 

images
प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - ०५:४६:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend