Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अमेरिकाबाट स्वास्थ्य सामग्री लिएर चार्टर विमान नेपाल जाने

अमेरिकाबाट स्वास्थ्य सामग्री लिएर चार्टर विमान नेपाल जाने

नेप्लिज डायस्पोरा

२३, जेठ २०७८
images
अमेरिकाबाट स्वास्थ्य सामग्री लिएर चार्टर विमान नेपाल जाने
कोभिड १९ बिरुद्धका आवश्यक औषधी र स्वास्थ्य सामग्री लिएर अमेरिकाबाट एउटा चार्टर विमान नेपाल जाने भएको छ। एनआरएनए अमेरिकाको पहलमा यो काम भईरहेको छ। बिमान जुन १५ तारिखमा जाने प्रारम्भिक अनुमान छ। ४० टन क्षमताको यो बिमानका लागि ३० टनजति सामग्री अमेरिकामा संकलन पनि भईसकेको छ।
अमेरिकी सरकारले यो चार्टर विमानको सबै खर्च व्यहोर्ने छ। अमेरिकी सरकारको स्टेट पार्टनरशिप प्रोग्राम अन्तर्गत यो सुबिधा नेपाललाई पाउन लागिएको एनआरएनए अमेरिकाको कोभिड १९ लजिस्टिक म्यानेजमेन्ट टिमका संयोजक तथा एनआरएनए अमेरिकाका स्टुडेन्ट टास्क फोर्सका चेयर त्रिभुवन पाण्डेले जानकारी दिए।

सामग्रीहरु जुन १४ भित्र पठाईसक्नु पर्नेछ।

"अहिलेसम्म अमेरिकाका बिभिन्न राज्यहरुमा नेपाल पठाउन तयारी अवस्थामा रहेका सामग्रीहरुको तथ्यांक संकलन भईरहेको छ।" पाण्डेले भने "यदि कसैले पठाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस। हामी निशुल्क पठाउने व्यवस्था गरिरहेका छौं।

यो कामका लागी एन आर एन ए अमेरिकाले पाण्डेलाई संयोजक तोकेको छ। पाण्डेले बिभिन्न राज्यका ब्यक्तिहरुलाई सम्पर्क ब्यक्ति तोकेका छन्।
नेपालमा कोभिड १९ बिरुद्धका आवश्यक औषधी र स्वास्थ्य सामग्री पठाउन नपाएको गुनासो आएपछि आफुहरुले यो पहल गरेको एन आर एन ए अमेरिकाका अध्यक्ष सुनील साहले बताए।
सम्पर्क ब्यक्तिहरुको नाम यसप्रकार छ:

1.jpg

 

images
प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - १८:४७:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend