एनआरएनए अमेरिकाको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुलाई बानाले सम्मान गरेको छ।
एनआरएनए अमेरिकाको२०२१-२०२३ कार्यकालको लागी एनसीसीको वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित कृष्ण जीबी पन्थ र मेरिल्याण्ड च्याप्टरमा बिजयी अध्यक्ष राजु पराजुली, कोषाध्यक्ष रमेश श्रेष्ठ, सहसचिव राजेश रजक, महिला संयोजक श्रृजना पोख्रेल, युवा संयोजक संजोक कार्की, सदस्यमा निर्वाचित कमला भुसाल र सिता कुमारी श्रेष्ठलाई बाना सामुदायिक स्रोत केन्द्रमा स्वागत् र सम्मान गर्दै बधाई तथा शुभकामना दिने कार्यकम सम्पन्न भएको हो।
कार्यकममा प्रमुख अतिथी महावाणिज्य दुत प्रेमराजा महत, विशेष अतिथी डेलिगेट जे जेलसी, वरिष्ठ समाजसेवी डाक्टर श्याम कार्की, वानाका पूर्व अध्यक्षहरु, वाना सल्लाहाकारहरु बानाका ट्रष्टीहरू, बाना कार्यसमितीका पदाधीकारीहरु वानाका विभागीय प्रमुखहरु, विभिन्न संघ सस्थाका अध्यक्ष एवं प्रतिनिधीहरू र पत्रकारहरूको कार्यक्रममा उपस्थिति थियो।
"हाम्रो निमन्त्रणालाई स्वीकार गरि कार्यकममा उपस्थित भई कार्यकमलाई भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुभएकोमा यहाँहरू सबैलाई धन्यवाद ज्ञापन गर्दछौ" अध्यक्ष सुबोध विलास पन्तले भन्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि प्रेमराजा महतले नयाँ जोश र जाँगरका साथ काम गर्न सबैलाई शुभकामना दिनुभयो।
कार्यक्रमको संचालन बरिष्ठ उपाध्यक्ष हिरा गुरुङले र स्वागत उपाध्यक्ष गणेश लामिछानेले गर्नु भएको थियो।
सोहि अवसरमा मेरिल्याण्ड राज्यका स्टेट डेलिगेट जे जेलसीले पनि आफ्नो कार्यालयका तर्फबाट बानाका अध्यक्ष सुबोध पन्त, एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली र सामाजिक संस्था पिडिआरसीका निर्देशक भिम बिक र कोभिडका बेला नेपाली समुदायलाई धेरै सहयोग गर्ने डाक्टर डिल्लीराम पौडेललाई सम्मान प्रदान गर्नुभएको थियो।
कार्यक्रममा एनआरएनए अमेरिकाको निर्वाचनमा पराजित उमेद्वारहरु चित्रा कार्की, अम्मर छन्त्याल, इन्द्र थापा क्षेत्री लगायतले पनि बोल्नु भएको थियो।
ओएनएफ अमेरिकाका अध्यक्ष प्रभु थापा, जनसम्पर्क समिति अमेरिकाकी प्रतिनिधि उमा शाह, बानाका पुर्व अध्यक्षहरु विजय श्रेष्ठ, कुलमणि आचार्य, अनु वन्त, कास्की समाजका अध्यक्ष कुल गुरुङ, पर्बत समाजका अध्यक्ष धन गुरुङ, सुदुर पश्चिम समाजका अध्यक्ष दमन बिक्रम शाह समेतले निर्वाचित सबैलाई बधाई सहित शुभकामना ब्यक्त गर्नुभएको थियो।