एनआरएनए अमेरिकाको दशौँ बार्षिक साधारण सभा र सपथ ग्रहण कार्यक्रम जुलाई महिनाको ३ र ४ तारिखमा न्युयोर्कमा हुने भएको छ।
साधारण सभा र सपथ ग्रहण कार्यक्रम सम्पन्न गर्न उपाध्यक्ष बिआर लामालाई संयोजकत्व तोकिएको जानकारी एनआरएनए अमेरिकाले सार्बजनिक गरेको छ ।
उक्त कार्यक्रमका लागि बिभिन्न कमिटिहरु गठन गरिएको बुझिएको छ।
कार्यक्रममा साधारण सभा हुनेछ। यो साधारण सभामा बिधानमा केहि थपघट हुने विश्वास गरिएको छ। साथै, वर्तमान कार्यसमितिले नव निर्वाचित कार्यसमितिलाई आफ्नो कार्यभार हस्तान्तरण गर्नेछ।