मेरिल्याण्डमा रहेको सामाजिक संस्था बानाको १६ औं साधारण सभा यहि जुलाई ११ तारिख आईतबारका दिन बाना सामुदायिक भवनमा दिउसो १ बजेदेखि ४ बजेसम्म गर्ने निर्णय भएको बानाले जनाएको छ।
बानाका सम्पूर्ण साधारण सदस्य, आजीवन सदस्य र ट्रष्टीहरु लगायत पुराना र वर्तमान सबै कार्यसमितिका पदाधिकारीहरुलाई उपस्थितिका लागी बानाका अध्यक्ष सुबोध विलास पन्तले अनुरोध गर्नुभएको छ।
साधारण सभामा संस्थाको बिधानमा आवश्यक छलफल हुने र संस्थाको आयव्यय र सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको बुझिएको छ।