Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अमेरिकाका राईहरुले संसारका राईहरुलाई जोडे

अमेरिकाका राईहरुले संसारका राईहरुलाई जोडे

नेप्लिज डायस्पोरा

१२, आषाढ २०७८
images
अमेरिकाका राईहरुले संसारका राईहरुलाई जोडे

सुरेश चाम्लिङ्ग
न्यु हेम्प्शायरबाट

"हामी किरातीहरु प्रकृति पुजक भएकोले मानव सभ्यताको शुरुवात हाम्रो पुर्खाले गरेको हो। यो कुरा हामीले विश्व सामु राख्नु सक्नु पर्दछ।" अमेरिकाको एक कार्यक्रममा बोल्दै डा पवन चाम्लिङ्गले भन्नुभयो।

युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले किरात राईहरुको महान चाड उभौली साकेला २०२१ र किरात यले संवत ५०८१ को उपलक्षमा भर्च्युएल (zoom ) माध्यमद्वारा संसार भरीको किराती राईहरु बीच जुमका मध्यमबाट गरिएको शुभ कामना आदान प्रदान कार्यक्रममा सिक्किमका पुर्व मुख्य मन्त्री डा, पवन चाम्लिङ्गले उक्त कुरा व्यक्त गर्नु भएको हो।

डा चाम्लिङ्गले भन्नु भयो-"विश्वले सामना गरी रहेको ग्लोबल वार्मिंग ,क्लाइमेट चेन्जले मानव अस्तित्व संकटमा परी रहेको छ। प्रकृतीको बिरुद्दमा मानव समुदाय लागेको हुनाले यो संकट आएको हो ,हामी किरातहरुको धर्म, संस्कार, संस्कृती अनुसार प्रकृतीको पुजा गर्ने र यसको संरक्षण गर्ने भएकोले यसले नै मानव सभ्यताको बचावट गर्न सक्ने छ। यसलाई संसार कै मानिसले अनुशरण गर्नु जरुरी छ ।"

किरात राईहरुको विविधतालाई एकता गर्नु अपरिहार्य छ त्यसको लागी आफु जुनसुकै समय पनी सहकार्य गर्नु तयार रहेको कुरा बताउनु भयो।

उक्त कार्यक्रमको बिशेष अतीथी संयुक्त रास्ट्र संघका लागी नेपालका स्थायी प्रतिनिधि राजदुत अमृत राईले साकेला अब अन्तर रास्ट्रियकरण भै सकेको छ। यो गर्वको बिसय हो भन्नु हुदै आफ्नो भाषा संस्कार संस्कृतीलाई बिस्व भर फैलाउनु आजको आवस्यकता हो, भन्नुभयो।

बिशेष अतीथी जर्मन स्थित नेपालका पुर्व राजदुत डा नोबल किशोर राईले साकेलाको उपलक्षमा शुभ कामना दिनुभयो।

rai 1.jpg

अर्का बिशेष अतिथि किरात राई यायोखा केन्द्रिय समीतीको सभापती दिवश राईले किरात राई हरुको २८,३० भाषा छ। संसारमा एक जातीको यती धेरै भाषा भएको अन्य जाती नै छैन हाम्रा पुर्खाहरुले सम्पदा र सभ्यताको विकास गरे, अहिलेको पुस्ताले यसलाई संरक्षण गर्नु जरुरी छ भन्नु भय। यायोखाले संसारभरी नै र नेपालका गाउँ गाउँमा संजाल फैलाएको छ । यसले सामाजिक रुपान्तरण र पहिचानको आन्दोलनलाई सघाउ पुरयाएको कुरा पनी उहाले बताउनु भयो।

कार्यक्रमको प्रमुख वक्ता गायक संगीतकार तथा किराती संस्कृतीविद जितेन राईले नेपालका राईहरुलाई दुख पर्दा अमेरिकाको राईहरुलाई दुख्नु पर्छ।सिक्किमका राईहरुले मल्हम पट्टि गर्नु पर्छ। संसार भरीको राईहरु जोडिनु पर्छ। संस्कार संस्कृतिले रसायनको काम गर्छ भन्नु भयो। उहाले साकेला सिली मुन्धुम रिसियाको बारेमा लामो ब्याख्या समेत गर्नु भएको थियो।

बिशेष अतिथी फिपना अध्यक्ष लोक चेम्जोङ्गले शुभकामना मन्तब्य दिनु हुदै पहिचानको लागी सम्पूर्ण आदिवाशी जनजातीहरु एकतावद्द हुन अपरिहार्य भएको कुरा बताउनु भयो।

यसरि नै वक्ता अर्गनाइजेसनका संस्थापक अध्यक्ष शिब कुमार राईले, सन् २००३ सालतिर अमेरिकाको न्यु जर्सी राज्यमा एक राईनी चेली बितेको तर राई हरुलाई थाहा नभाकोले शेर्पा समुदायले दाह संस्कार गरेको खबर आयो। त्यसपछि अमेरिका भरिको राईहरुलाई संगठित गरि यो संस्थाको स्थापना गरिएको कुरा बताउनु भयो।

अर्का वक्ता अर्गनाइजेसनका पुर्व अध्यक्ष बिष्णु राईले हामी किराती राईहरु अहिले संसारको हरेक कुना पुगेको छौं र अस्तित्व र पहिचानको खोजी गरिरहेको सन्दर्भमा बिविधतामा एकता राईहरुको बिशेषता हाम्रो मूल मन्त्र होस् भन्नुभयो।

अर्का वक्ता अर्गनाइजेसनका पुर्व सभापति मिलन राईले संसार भरीको राईहरुको एकताका लागि अन्तररास्ट्रिय नेटवर्किंग आवस्यकता छ। त्यसको लागि ग्लोबल अर्गनाइजेसन बनाउनु पर्छ भन्नुभयो।

rai2.jpg

उक्त कार्यक्रममा शुभकामना मन्तब्य दिनुहुनेहरुमा जनक राई महासचिव किराया केन्द्रिय समिति, पुर्व प्रहरी आइजी पी दुर्ज कुमार राई, पुर्व एसएसपी तथा अधिवक्ता किवांग हाङ्ग राई, अभिनेता दया हाङ्ग राई, चलचित्र निर्माता निर्देशक युब राज राई,लगायतका व्यक्तित्वहरु हुनुहुन्थ्यो।

यसरी नै किरात राई यायोखाका अन्य देशहरुको प्रतिनिधिहरु कल्पना राई युकेबाट, मिलन राई बहराइनबाट, मन्जित राई कुवेतबाट, बिमल राई, एकराज राई कतारबाट, कुमार साङ्गपाङ्ग राई इजरायलबाट, युएइबाट चन्द्र सांगपाङ्ग राई, साउदी अरबबाट रबिन थुलुङ्ग, भिम राई मकाउ, यादब राई थाईल्याण्डबाट, पदम राई कोरियाबाट लगायत हुनुहुन्थ्यो।

यसरी नै ज्ञान किराती बान्तवा खिम नेपाल, सक्कल बहादुर राई किरात रदु नाछिरिंग साखाम नेपाल, राम राई, भारती राई किरात राई समाज अमेरिका, बिनिता खम्बु किरात राई खम्बु राई सास्कृतिक संस्थान दार्जिलिङ्ग भारत, मोहन दुङ्गमाली प्रमुख संरक्षक, पारुहांग साप्टेन माङ्गखिम सिक्किम भारत, निर्कु धन राई थुलुङ्ग राई संस्कृति प्रतिष्ठान नेपाल, बीबी बोक्दुंग राई सिक्किम भारत, योगेन्द्र राई, शशिचन्द्र राई र संजय राई किरात खम्बु राई सोसाइटी अस्ट्रेलिया, भूप राज राई पुर्व उपसचिव नेपाल, कुमारी कमला राई प्रधान अध्यापक जन कल्याण माबि काठमान्डू, कबि राज बान्तवा युनाइटेड एकेडेमी ललितपुर नेपाल हुनु हुन्थ्यो।

उक्त कार्यक्रमको स्वागत भाषण साकेला कार्यक्रम २०२१ को संयोजक तथा अर्गनाइजेसनका उपाध्यक्ष जी एस राईले गर्नु भएको थियो। सभा बिसर्जन गर्नु हुदै सभाको अध्यक्ष मुना राईले सबैलाई धन्यवाद दिनु भयो। दुइ चरणको कार्यक्रमको संचालन केन्द्रीय महासचिव जय राई र न्यु इंग्ल्याण्ड च्याप्टर अध्यक्ष मुक्ती नारायण राईले गर्नु भएको थियो।

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - ०५:१०:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend