Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मेरिल्याण्डमा आविष्कार केन्द्रलाई २७ हजार डलर उठ्यो, एनआरएनए मेरिल्याण्डले दुई वर्षसम्म मासिक १ सय डलर दिने

मेरिल्याण्डमा आविष्कार केन्द्रलाई २७ हजार डलर उठ्यो, एनआरएनए मेरिल्याण्डले दुई वर्षसम्म मासिक १ सय डलर दिने

नेप्लिज डायस्पोरा

१५, आषाढ २०७८
images
मेरिल्याण्डमा आविष्कार केन्द्रलाई २७ हजार डलर उठ्यो, एनआरएनए मेरिल्याण्डले दुई वर्षसम्म मासिक १ सय डलर दिने

 

अमेरिकाको बाल्टिमोरमा रहेका बिभिन्न सामाजिक संस्थाहरुको आयोजनामा भएको कार्यक्रममा नेपालको राष्ट्रिय आविष्कार केन्द्रलाई २७ हजार डलर सहयोग रकम संकलन भएको छ।

बाना, एनआरएनए मेरिल्याण्ड च्याप्टर, प्रवासी एकता मंच अमेरिका, जनसम्पर्क समिति अमेरिका, म्याग्दी समाज अमेरिका, साथी बाल्टिमोर लगायतका संस्थाहरुको सक्रियतामा यो कार्यक्रम सम्पन्न भएको थियो।

राष्ट्रिय अविष्कार केन्द्रका लागि बानाको तर्फबाट एकमुष्ट २१ सय डलर, कार्यसमिति तथा विभिन्न व्यक्तिबाट संकलित २६ सय ७७ डलर हस्तान्तरण गरिएको थियो। त्यस्तै, मगर समाजले ४४ सय ६७ डलर, म्याग्दी समाजले ७ हजार डलर, भगवती फाउण्डेसनले १३ सय २९ डलर र साथी बाल्टिमोरले एक हजार तीन डलर, ओएनएफले दुई हजार डलर हस्तान्तरण गरेका थिए।

pu.jpg

कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले आफु फण्ड संकलन गर्न नभएर मन संकलन गर्न हिडिरहेको बताउनु भएको थियो। कार्यक्रममा बोल्दै पुनले हामीले आविष्कारको कल्चर नबुझेकोले गरिबीको चपेटामा परेका हौँ भन्नुभयो।

कार्यक्रममा बोल्दै महाबाणिज्य दुत तथा बरिष्ठ लोक गायक प्रेम राजा महतले आविष्कार केन्द्रलाई सहयोग गर्नु भनेको सिंगो नेपाल देशलाई सहयोग गर्नु हो भन्नुभयो ।

कार्यक्रममा स्टेट डेलिगेट एच. बि भण्डारी, एनआरएनए अमेरिकाका निर्वाचित वरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्त, प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा, जनसम्पर्क समिति अमेरिकाकी प्रतिनिधि उमा शाह लगायतले बोल्नु भएको थियो।

बानाका अध्यक्ष सुबोध विलास पन्तको सभापतित्वमा भएको कार्यक्रमको संचालन म्याग्दी समाज अमेरिकाका महासचिव भिम केसीले गर्नुभएको थियो भने सहभागीहरुलाई एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष डोलनाथ घिमिरेले स्वागत गर्नु भएको थियो।

एआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरले राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई आगामी दुई बर्षको लागि हरेक महिना एक सय डलर सहयोग गर्ने प्रतिबद्दता सार्बजनिक गरेको छ।

1.jpg

महावीर पुनलाई च्याप्टरबाट उठेको रकम ७ सय ६५ डलर हस्तान्तरण गर्दै उक्त घोषणा गर्नु भएको हो।

नव निर्वाचित अध्यक्ष राजु पराजुलीले आगामी कार्यसमितिका पदाधिकारीहरुको सल्लाह अनुसार उक्त घोषणा गरेको बताउनु भयो।

च्याप्टरका नयाँ समितिले सपथ ग्रहण गर्नु पुर्व नै गरेको यो घोषणाको सर्बत्र स्वागत गरिएको छ।

images
प्रकाशित मिति :आषाढ १५, २०७८ मंगलवार - १७:५९:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend