अमेरिका
कालिको किनार स्यांग्जा जिल्लमा जन्मेका र हुर्केका कालीपारी पाल्पा जिल्लामा राजनैतिक शुरु गरेर रुपन्देही बुटवल क्षेत्र अहिलेको कार्य क्षेत्र बनाएर रुपन्देही, परासी र कपिलबस्तुको साथै भारतको समेत फाइदा अनि स्यांग्जा र पाल्पा ठूलो क्षति हुने गरि काली गण्डकी डाइभर्सनआयोजना अगाडी सारेर राम्रो गरे भन्ने कमै छन्।
अहिलेको ब्यबस्था अनुसार आयोजना बन्न पनि हुदैन र दिन पनि हुदैन। काली गण्डकी डाइभर्सन नरोकिए संघर्षमा उत्रने गण्डकी सरकारको चेतावनी आइसकेको छ। लुम्बिनी सरकारको चेतावनी पनि आउने छ।
स्यांग्जा र पाल्पालाई ढुंगा गिट्टी र सिमेन्ट गरि बिक्रि गर्ने अनि भएको पानि बिक्रि गरि मरुभूमि बनाउने बिरोध हुँदा हुँदै काली गण्डकी डाइभर्सन आयोजनाको हालै बुटवलमा आयोजनाको कार्यालय उदघाटन पंक्तिकार राजस्व चुहावट र भ्रस्ट्राचार रोक्न नोटको चल्ती खारेज गर्ने काम उदघाटन गर्ने काम गर्नु भनि लेखेको दिनतिर नै २-४ दिनपछी मन्त्री पनि नरहने डरले हतारमा उदघाटन गरेर जनतालाई आन्दोलन तिर धकेलेका छन्।
विरोधीले विरोधकोलागि बिरोध मात्र गरेर हुन्न रु १८० खरबको बजेट लुम्बिनीको लागि आउनुमा नै ठूलो कुरो पनि मान्नु पर्छ। काली गण्डकी डाइभर्सन आयोजनालाई बिरोध होइन अहिलेका उदेश्यहरु डाइभर्सन गरिनु पर्छ। सो मध्ये केहि गने पर्नेहरु उल्लेख गरिएको छ ।
१ आयोजना खर्च रु १८० खरबबाट कमसेकम रु ३६० अरबको हुनु पर्छ। मुस्तांग देखि देवघाटसम्म कालिगण्डकीको जलाधार तथा सो अर्को पाखाको जलाधार अर्थात उदारहणको लागि पाल्पाको श्रीनगरको तानसेनको तिनाउ जलधार, रिम्घाको लेखको अंगाहखोला जलाधार तथा स्यांग्जाको आंधीखोलाको जलाधारमा समेत योजनाबाट उत्पादन हुने बिधुत बराबरको बिधुत खर्च गरि पानि तानेर डाइभर्सन गरेर डाँडा, पाखा र फाँट सिंचाई गर्ने ब्यबस्था गर्ने। पहिले यो सम्भब थिएँ अहिले छ र गरिनु पर्छ।
२ पानीको बाँडफाँट गर्दा सुख्खायाममा न्युनतम २५ प्रतिशत देखि ५० प्रतिशत दिन नदिन सक्ने अधिकार तथा आयोजनको ६७ प्रतिशत स्वामित्व गण्डकी प्रदेश, पाल्पा र गुल्मी जिल्लालाई दिने। आयोजनाले पानि अलगै बिक्रि गर्ने, बिक्रि दर पानीको उत्पादत्वको आधारमा निर्धारण गर्ने । गण्डकी जलाधारकालागि आधार मानेर सो को ५ गुना रुपन्देही र कपिलबस्तुको लागि र भारतको लागी १० गुनाको दरले शुल्क लिने।
३ - पानीको सुरुङ्गको साथसाथै रुपन्देही र स्यांग्जा जोडने सशुल्क सुरुङ्गमोटर बाटोको निर्माण गर्ने गरि आयोजनमा अर्को महत्वपूर्ण डाइभर्सन गर्ने ।
४ - कुनै पनि आयोजनमा २५ प्रतिशत आयोजना खर्चमा भ्रस्ट्राचार हुने गरेको र बगेको खोलो पनि डाइभर्सन हुने गरेको हो तर अहिले त नेपालको पैसा विदेश जाने गरेको सो हटाउन नोटको कारोबार हटाउने काम गर्ने र राजस्व बढाएर श्रोत परिचालन गर्ने। अहिले अर्थ मन्त्रि भएको बेलामा नोट खारेज गर्न सहज गर्ने।
अहिले आएर अर्थ मन्त्रीले बिरोधिहरुसंग उल्लेखित डाइभर्सनहरु सम्झौता गरि जन्मेको हुर्केको राजनीतक शुरु गरेको जिल्ला अहिलेको राजनैतिक जिल्ला, नेपाल, भारत र विश्वको उद्दारको लागि आफनै जिल्लाबासिको सृजना अनुसार नोट खारेज गर्न नेपाल रास्ट्र बैंक गभर्नरलाई सहयोग मात्र गरि सो गर्नु नै कल्याण छ। नोट खारेज पछि घुस लिने दिने र नगद लिएर दिने अपराध शुन्य हुने छ राजस्व चुहावट दैनिक अहिलेको दैनिक रु २ अरब रोकिई राजस्व उल्लेखनीय वृद्धि भएपछि कर दर एक तिहाई कम गरि जनतालाई राहत दिन सकिन्छ।