एनआरएनए अमेरिकाको दशौँ साधारण सभा तथा सपथ ग्रहण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताईएको छ। "हामी अन्तिम चरणमा छौं। धेरै कामहरु सकिएका छन्। केही कामहरु सकिने चरणमा छन्।" कार्यक्रमका संयोजक तथा उपाध्यक्ष बिआर लामाले बताउनुभयो।
यहि सनिबार न्युयोर्कमा हुन् गईरहेको दशौँ साधारण सभा तथा सपथ ग्रहण कार्यक्रमको प्रमुख अमेरिकाका लागि नेपाली राजदुत डाक्टर युवराज खतिवडा हुनुहुनेछ । कार्यक्रममा बिशेष अथितिका रुपमा आइसीसी अध्यक्ष कुमार पन्त आउनु हुने कार्यक्रम रहेपनि पन्तका तर्फबाट अन्तिम जानकारी आईनसकेको बुझिएको छ। कार्यक्रममा सहभागी हुन् बरिष्ठ उपाध्यक्ष बद्रि केसी अमेरिका आईसक्नु भएको स्रोतले जानकारी दिएको छ।
कार्यक्रममा आइसीसी उपाध्यक्षहरु रविना थापा, सोनाम लामा र आरसी गौरी जोशी र डिआरसी राम सी पोख्रेल अमेरिकामा नै हुनुहुन्छ।
कार्यक्रम तयारी समितिले दिएको जानकारी अनुसार शुक्रबार साँझ च्याप्टर साँझको योजना गरिएको छ। मुख्य कार्यक्रम सनिबारलाई तय गरिएको छ। जसअनुसार सनिबार बिहान १० देखि ११ बजेसम्म उदघाटन सत्र चल्नेछ। १ देखि २ बजे लन्चको कार्यक्रम राखिएको छ। २ देखि ३ बजे बिश्राम रखिएको छ, यो बेला कोभिड प्रोटोकल अनुसार होटेल सरसफाईको काम हुनेछ। ३देखि ७ बजेसम्म बन्द सत्र गरिनेछ। ७ बजेदेखि ७:३० बजेसम्मलाई सपथ ग्रहणको कार्यक्रम राखिएको छ।
७:३० देखि ८:३० बजेसम्म डिनरको कार्यक्रम हुनेछ। ८:३० देखि सांस्कृतिक कार्यक्रम राखिएको संयोजक लामाले जानकारी दिनुभएको छ।
सबै मुख्य कार्यक्रम सनिबार नै सकिने र आईतबार नयाँ कार्यसमितिको पहिलो औपचारिक र बिस्तारित बैठक बस्ने जानकारी प्राप्त भएको छ।
बन्द सत्रमा एनआरएनएको बिधान माथि छलफल हुने भएकोले सबै सदस्यलाई कार्यक्रममा सहभागी भईदिनु हुन् निमन्त्रणा पठाईएको र सोहि अनुसार झन्डै एक हजार प्रतिनिधिको भौतिक उपस्थितिको अनुमान गरिएको अध्यक्ष सुनिल साहले बताउनु भयो।
उदघाटन सत्रमा बक्ताहरु कम गरेर कार्यक्रमलाई छोटो र चुस्त गराउने कुरामा आयोजकहरु बीच छलफल चलिरहेको एनआरएनए अमेरिकाका मिडिया कोअर्डीनेटर सतीश चापागाईंले बताउनु भयो।