Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

सतीश चापागाईंको ‘सरकार चाहियो' गीत म्युजिक भिडियो सहित सार्वजनिक

सतीश चापागाईंको ‘सरकार चाहियो' गीत म्युजिक भिडियो सहित सार्वजनिक

सतीश चापागाईं

२२, आषाढ २०७८
images
सतीश चापागाईंको ‘सरकार चाहियो' गीत म्युजिक भिडियो सहित सार्वजनिक

 

काठमाडौं, २१ असार।

संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईंको शब्दमा ‘सरकार चाहियो' बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको स्वर र संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र माष्टर मिक्सिंग श्याम श्वेत रसाईलीले गर्नु भएको हो भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको हो। मिलन श्रेष्ठले सम्पादन गर्नुभएको भिडियोको निर्देशन रामजी ज्ञवालीले गर्नुभएको हो ।

भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टसंगै कलाकार जिवि चिरन लगायतको अभिनय रहेको छ । "कोरोना महामारीका बेलामा भिडियो बनाउदा केहि कमि कमजोरी भएपनि समग्रमा गीत राम्रो छ।" निर्देशक रामजी ज्ञवालीले बताउनु भयो।

"जनताका जीवनमा हिजो पनि घाउ थिए र आज पनि घाउहरु छन्। सरकारले यी घाउहरुमा मल्हम लगाउनु पर्छ भन्ने मेरो मान्यता हो।" गीतकार सतीश चापागाईंले भन्नुभयो।

गीत एक बर्ष अगाडी नै रेकर्ड गरिएको पनि चापागाईंले बताउनु भयो।

गीतकार चापागाईं नेपालमा लामो समय पत्रकारिता गरेर केहि बर्षदेखि अमेरिकामा बस्नुहुन्छ र नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक हुनुहुन्छ। गीतको भिडियो नेप्लिज डायस्पोराको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस

images
प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - ०१:५४:२३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend