सुरेश चाम्लिङ्ग
न्यु हेम्प्शायर, अमेरीका
हाल अमेरीका भ्रमणमा रहनु भएको रास्ट्रिय आविस्कार केन्द्रका निर्देशक महाबीर पुनलाई अमेरिकामा रहनु भएको नेपालीहरुबाट आर्थिक सहयोग र राहत सामग्री प्रदान गरिएको छ | उक्त आर्थिक सहयोग बिशेष गरेर नेपालमा कोरोना पिडित हरुको सहयोग लाई मध्य नजर गरेर
संकलन गरिएको युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष मुना राईले बताउनु भएको छ|
बिभिन्न संघ संस्था र व्यक्ति गत रुपमा रकम संकलन गरिएको भएता पनी अर्गनाइजेसनको युवा अमेरिकन सेनामा कार्यरत सुप्रेम राईले गो फण्ड बाट २०२१ डलर र युनिभर्सिटीमा अध्ययनरत अर्गनाइजेसनका युवती अबृता कुथुमिले मम बनाएर बिक्रि गरी उक्त रकमबाट आएको रकम नेपाल पठाईएको कुरा अर्गनाइजेसनका न्यु योर्क च्याप्टर सभापति केशब राम राईबाट थाहा भएको छ|
ग्रेटर न्यु योर्क नेपाली टिम भनेर आयोजना गरिएको एक कार्यक्रम मै बिभिन्न ब्यक्ती र संघ संस्था बाट लगभग ६५ हजार डलर उठेको छ|
महाबिर पुन उहाको गुरुको नीधनमा शोक सभामा सहभागी हुन अमेरीका भ्रमणमा आउनु भएको बेला २५ भन्दा बढी राज्य हरुमा लगभ ५० भन्दा बढी कार्यक्रममा सहभागी हुनु भएको र त्यसमा ३ करोड डलर बराबरको रकम र ३ करोड डलर भन्दा बढीको सहायता सामग्री हरु संकलन गरिएको थाहा भएको छ |