पाल्पाली संगमको अमेरिकामा कमिटि गठन भएको छ। बिभिन्न सामाजिक अभियानमा सक्रिय महेश भट्टराईको अध्यक्षतामा कमिटि गठन भएको हो। अमेरिकामा रहेका पाल्पालीहरुको पटक पटकको भर्चुअल बैठक र छलफलपछि यो कमिटि गठन भएको अध्यक्ष भट्टराईले जानकारी दिए।
कमिटिको बरिष्ठ उपाध्यक्षमा धर्म आचार्य(फ्लोरिडा), उपाध्यक्षमा डाक्टर सन्दिप पाण्डे (टेक्सास), महासचिवमा परशु नेपाल (भर्जिनिया), सचिव सागर घिमिरे (मेरिल्याण्ड) र कोषाध्यक्षमा जितेन्द्र राणा (इलोनोइ) छन्। कमिटिका सदस्यहरुमा अमृत भट्टराई(मिचिगन), लक्ष्मण नेपाल(क्यालिफोर्निया), रश्मि भट्टराई(भर्जिनिया), मिना जिसी (मेरिल्याण्ड), मधु नेपाल (फ्लोरिडा), मंजु कार्की (फ्लोरिडा), डिल्ली भुसाल (क्यालिफोर्निया) रहेका छन्।
"हालै सम्पन्न बैठकले डाक्टर रुद्र अर्याल र जगदीश काफ्लेलाई सल्लाहकार राख्ने पनि निर्णय गरेको छ। टिममा अन्य साथीहरू क्रमश सामेल गराउदै लगिने योजना छ।" अध्यक्ष महेश भट्टराईले नेप्लिज डायस्पोरासंग भने।
कोभिडको महामारीसंगै अमेरिकामा रहेका पाल्पालीहरू थप जोडिने काम भएको छ। काम गर्न सहजताको लागि पाल्पामा हरेक पालिकाबाट प्रतिनिधित्व हुने गरि एक टिम बनाउने योजना समेत रहेको महासचिव परशु नेपालको अनुभव छ।
"अमेरिकामा रहेका पाल्पालीहरूलाई एकजुट गराउदै आपसमा परिचय र सहयोग गर्दै शंभव भएसम्म पाल्पामा दिर्घकालिन केहि ठोस कदम चाल्ने योजना राखेको छ।" सचिव सागर घिमिरेले बताए।
"पाल्पाबाट अमेरिका आउनु भएका सबै रपिबार र साथीहरू जोडिन हुन अनुरोध गरेका छौं। साथै, पाल्पाबाट अमेरिका आउनु भएका परिबारका सदस्यहरूलाई सदस्यता लिएर यो अभियानमा जोडिनु हुन पनि अनुरोध गर्दछौं।" बरिष्ठ उपाध्यक्ष धर्म आचार्यले भने।
संगमका अन्तराष्ट्रिय संयोजक सतीश चापागाईले अमेरिकामा संगमको कमिटि गठन भएकोमा खुशी ब्यक्त गर्दै अरु देशमा पनि यो प्रक्रिया र छलफल चलिरहेको बताए। "अब अरु देशका कमिटिहरु पनि क्रमश: सार्बजनिक हुनेछन।" चापागाईंले भने।
"अमेरिकामा पाल्पाली संगमको समिति औपचारिक गठन भएकोमा म अति नै खुशी छु। मेरो शुभकामना छ।" पाल्पाली संगमका केन्द्रिय अध्यक्ष पदम न्यौपानेले प्रतिक्रिया दिए।संसारभरका पाल्पालीलाई यसैगरी एक गरेर पाल्पाको एकीकृत र दिगो बिकासमा सबै पाल्पालीको सहयोग रहने विश्वास पनि अध्यक्ष न्यौपानेको रहेको छ।
पाल्पाली संगम अमेरिकाले हालसम्म बिभिन्न कामहरु पनि सम्पन्न गरेको छ। जसमा कोभिडको बेला पाल्पामा १६ लाख रुपैया बराबरको मेडिकल सामग्री पठाएको छ।
अमेरिकाका सबै पाल्पालीहरुलाई सदस्य बनाएर एकता गर्ने उद्देश्य संगमको रहेको संगम अमेरिकाका उपाध्यक्ष सन्दिप पाण्डेले बताए।