नेपाली भाषा कक्षा बे एरियामा सुन्दर बंशावली वृक्ष बनाउने काम पूरा भएको छ। जसको मुख्य उद्देश्य नेपाली मूलका आमेरिका बस्ने बाबुनानीहरुलाई उनीहरुको परिवार र पुर्ख्यौलीको बारेमा जानकारी लिन र दिन उत्सुक गराउनु थियो।
वृक्ष बनाउने क्रममा, सर्वप्रथम बाबु नानीहरुले आफ्ना बाबा, आमा, हजूरबा, हजूरआमा र अन्य आफन्त जनसॅग कुराकानी गरी उहाँहरूको पूरा नाम र तस्वीरहरू संकलन गरे । त्यसपछि पहिलो नमुना तयारगरी कक्षामा छलफल गरियो ।अनि बाबु नानीहरुले त्यसलाई परिमार्जन गर्दै आवश्यकता अनुसार, चार, पाँच हप्तामा, दोस्रो, तेस्रो नमुना बनाउदै गए । अन्तत: अत्यन्त कलात्मक शैलीमा ठुलो कागजी बोर्डमा वंशावली वृक्ष तयार भयो। सबै बाबु नानीहरुले आ-आफ्नो वंशावली वृक्षको फोटो खिचेर गुगल कक्षा (Google classroom)मा प्रतियोगिताको लागि पठाए।
त्यसपछि मौखिक प्रस्तुतिको तयारी भयो । बच्चाहरूले घर / घरमा प्रस्तुतीकरण ( presentation) को लागि अभ्यास गरे ।त्यसपछि अन्तिम प्रस्तुतीकरण जुम (zoom) कक्षामा भयो ।प्रस्तुतिकरणमा बच्चाहरूले परिवारको सबैभन्दा मनपर्ने खाना र चाडपर्वको बारेमा पनि बताए । त्यस कार्यक्रमामा सबैका बाबाआमा, भाइ बहिनीहरू आफ्नो पालोको दिन जुममा उपस्थित हनुहुन्थ्यो । सबैको सहभागिता भएकोले यो क्षण निकै रमाईलो र बिशेष अबिस्मरणीय रह्यो । शिक्षक शिक्षिकाले प्रश्न जिज्ञासा र समीक्षा राख्दै थप हौसला प्रदान गर्नुभयो।
निर्णायक समितिले पॉंच उत्कृष्ट वंशावली वृक्ष छनोट गरि पुरस्कार प्रदान गर्नु भयो । यस पटक चालिस वंशावली वृक्ष मध्येका सर्वोत्कृष्ट वृक्षका निर्माता बाबुनानीहरूमा क्रमशः सदिया मैनाली, जोहाना जोशी, ईच्क्षा आकॉक्षा न्यौपाने, श्रीया पौडेल, र सोफिया घिमिरे भए । सम्पूर्ण सहभागी बाबुनानीहरूलाई समेत पुरस्कार प्रदान गरिएको थियो।
यी प्रस्तुति हरूलाई भाषा कक्षाको YouTube च्यानलमा समेत प्रकाशन गरिएको छ भने, बंशावली बृक्ष किताब लाई कक्षाको वेबसाइटमा सजाइएको छ।
भिडियो हेर्न युट्युब लिंक खोल्नुहोस
https://www.youtube.com/channel/UCf_pRDnCkq37SGInz8MiyeQ
पिडिएफमा हेर्नुहोस
स्थानीय आभिभाबकहरूले लामो समय देखी चलाऊदै गरेको कक्षा कोरोना को कारणले जुम कक्षामा परिणत हुदा, सुरुमा असजिलो भए पनि, टाढा टाढाका नेपाली परिवारले समेत जोडिने मौक़ा पाएका थिए। अहिले समर बिदा सकिने बित्तिकै फलमा नयाँ शैक्षिक सत्रको भर्ना खुल्दै छ। कक्षाको आगामी आकर्षण बा का कथा हो, जसमा नानी बाबु ले नोमिनेट गरेका बा, काका बा, अथवा हजुरबा ले जुम काक्षामा जोडिएर आफ्ना कथा सुनाऊने छन। मुख्य शिक्षिका हरु गीता बजगाईं, साबित्री पन्त र बिद्या भण्डारी हुन भने, आभिभाबकहरूले बा का कथाको लागि बा समूह बनाएका छन।
