Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अमेरिकामा निधन भएका युवाको शव नेपाल पठाउने तयारी

अमेरिकामा निधन भएका युवाको शव नेपाल पठाउने तयारी

नेप्लिज डायस्पोरा

१७, श्रावण २०७८
images
अमेरिकामा निधन भएका युवाको शव नेपाल पठाउने तयारी

 

अमेरिकाको न्यु योर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलवार अचानक मृत्यु भएपछी उनको शब् नेपाल पठाउन पहल शुरु भएको छ । एनआरएनए अमेरिकाले यो पहल शुरु गरेको हो। एनआरएनए अमेरिकाका प्रबक्ता तोया दाहालले एक प्रेस बिज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्।

घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमस्ट अस्पताल पुर्‍याइएको थियो । केही समयमा नै अस्पतालले विपिन लम्साललाई मृत घोषणा गरेको थियो । पर्वत जिल्ला जन्म घर भएका लम्साल सन् २०१६ मा अमेरिका आएका थिए ।

"सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक निधन भएको दुखद घटनाबाट एनआरएनए अमेरिका परिवार मर्माहत भएको भन्दै उनको आत्माको चीर शान्तिको कामना गदछौं । शोक सन्तप्त परिवारमा हार्दिक समवेदना ।" बिज्ञप्तिमा भनिएको छ।

अहिले स्वर्गीय लम्सालको शव अस्पतालमा नै रहेको छ । विपिनका बुवा पोशराज लम्सालले छोराको शव नेपाल पठाई दिन एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरलाई अनुरोध गर्नु भएको बुझिएको छ । परिवारको अनुरोध अनुसार एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिका स्थित बिभिन्न निकायसंग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय पहल गरेको जानकारी प्राप्त भएको छ ।

नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्ड मार्फत सहयोगका लागि अपिल गरेको छ । एनआरएनए न्यु योर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पाले दाताहरूलाई यसै साथ संलग्न गोफण्डको लिङ्कमा गएर सहयोग गरिदिनुहुन आग्रह गर्नु भएको छ ।तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यो लिंकमा क्लिक गर्नुहोस। 

सतीश चापागाईंको गीत सरकार चाहियो भिडियो सहित

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - ०५:५५:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend