Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए मेरिल्याण्ड च्याप्टर समेतको आयोजनामा साउथ एशियन मेला सम्पन्न

एनआरएनए मेरिल्याण्ड च्याप्टर समेतको आयोजनामा साउथ एशियन मेला सम्पन्न

नेप्लिज डायस्पोरा

७, भाद्र २०७८
images
एनआरएनए मेरिल्याण्ड च्याप्टर समेतको आयोजनामा साउथ एशियन मेला सम्पन्न

एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टर समेत सहभागी अगष्ट २२ तारिखका दिन मेरिल्याण्डको बाल्टिमोरमा साउथ एशियाली मेला भब्य र सभ्य रुपमा सम्पन्न भएको छ। च्याप्टर अध्यक्ष राजु पराजुलीले यो कुराको जानकारी गराउनु भएको छ।

मेरिल्याण्ड च्याप्टर मेला मुख्य आयोजक मध्येको एउटा संस्था थियो। मेलाको आयोजना मेरिल्याण्डमा रहेका साउथ एशियाली देशका बिभिन्न संघ संस्थाले गरेका थिए। मेलामा सबै देशका प्रतिनिधीहरुको उल्लेख्य सहभागिता रहेको थियो। सबै देशका तर्फबाट आआफ्नो देशको कला संस्कृति र पहिचान झल्कने कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। नेपालको तर्फबाट पनि राष्ट्रिय गान सहित राष्ट्रियता झल्कने बिभिन्न प्रस्तुति देखाईएको थियो।

"मेरिल्याण्डका सर्वसाधारण नेपाली र बिभिन्न पेशा ब्यबसायमा आवद्ध प्रबुद्ध ब्यक्तिहरुको सक्रिय सहभागिताले हाम्रो शीर उच्च भएको छ। दक्षिण एशियाका बिभिन्न देशका हजारौं नागरिकहरु सहभागी भएको मेलामा नेपाली कला, संस्कृति सहितको हाम्रो उल्लेख्य सहभागिताले हाम्रो एकता र देशप्रतिको माया फेरी एक पटक सबै सामु प्रस्तुत गर्न सफल भएका छौं।" मेला सकिएपछी अध्यक्ष राजु पराजुलीले सबैलाई धन्यवाद दिदै भन्नुभयो।

2.jpg

 

3.jpg

 

2.jpg

 

1.jpg

 

4.jpg

 

1.jpg

 

गीतकार सतीश चापागाईंको सरकार चाहियो

 

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - १८:३३:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend