Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेप्लिज डायस्पोराका सम्पादक सतीश चापागाईं कलाकारहरुको संस्था ईनासद्वारा सम्मानित

नेप्लिज डायस्पोराका सम्पादक सतीश चापागाईं कलाकारहरुको संस्था ईनासद्वारा सम्मानित

नेप्लिज डायस्पोरा

८, भाद्र २०७८
images
नेप्लिज डायस्पोराका सम्पादक सतीश चापागाईं कलाकारहरुको संस्था ईनासद्वारा सम्मानित

 

बाल्टिमोर, अमेरिका

नेप्लिज डायस्पोराका सम्पादक सतीश चापागाईंलाई ईनास अमेरिकाले सम्मान गरेको छ। प्रवासमा रहेर पत्रकारिताको मध्यमबाट नेपाली समाज अनि नेपाली भाषा, कला र संस्कृतिको जगेर्नामा उल्लेखनीय भूमिका खेलेको भन्दै उहाँहरुलाई उक्त सम्मान गरिएको हो। नेपालदेखि नै पत्रकारिता र साहित्य लेखनमा सक्रिय चापागाईंले बिगत दुई बर्षदेखि नेप्लिज डायस्पोरा डटकमको संचालन र सम्पादन गर्दै आउनु भएको छ।

सम्पादक चापागाईंसंगै साहित्यतर्फ कवयित्री तारा पराजुली, खेलतर्फ तेक्वान्दो सातौं राजकुमार थापा, कृष्ण बलाल, मिस नेपाल नर्थ अमेरिका-२०२१ मा मिस पपुलर च्वाइस अवार्ड विजेता नग्मा गुरुङ, सामाजिक अभियन्ता सुवोध विलास पन्त, चलचित्र निर्देशक केपी पाठक, कलाकार शिवहरी पौडेल तथा एनआरएनका पूर्व खेलकुद संयोजक चन्द्र लामालाई इनास अमेरिकाले सम्मान गरेको थियो ।

सम्मानित व्यक्तित्वहरुलाई ईनास ग्लोबलकी उपाध्यक्ष साबु गदाल कार्कीले प्रमाण पत्र र खादा लगाईदिएर सम्मान गर्नु भएको थियो। सम्मानित व्यक्तित्वहरुलाई ईनासले मानार्थ सदस्यता पनि प्रदान गरेको छ।

2.jpg

समारोहमा उहाँहरुसहित अभिनेत्री अरुणिमा लम्साल, अभिनेता मुकेश ढकाल, चरित्र अभिनेता राजु बजाज, गायक मधु छेत्री, गायक वसन्त खड्कालाई खादा लगाएर सम्मान गरिएको थियो ।

सोहि अवसरमा कन्हैया सिंह परियारको अध्यक्षतामा गठित ईनास अमेरिकाको नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पद हस्तान्तरण गर्दै सपथ खुवाईएको थियो ।

कार्यक्रममा विशेष अथितीको रुपमा बानाका निवर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्त, नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल, इनास ग्लोबलका सचिव हरी शर्मा रहनुभएको थियो ।

इनास विश्वका ७० राष्ट्रहरुमा स्थापना भएको नेपाल बाहिर रहेका नेपाली कलाकरहरुको वृहत संस्था हो । इनास उत्तर अमेरिकाका संयोजक आनन्दु लामाको सभापतित्वमा भएको कार्यक्रमको संचालन रमेश मैनालीले गर्नुभएको थियो।

 

गीतकार सतीश चापागाईंको सरकार चाहियो !

 

images
प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - २२:०१:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend