Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए अमेरिकाज क्षेत्रको आरसिमा राम पोखरेलद्वारा उम्मेदवारी घोषणा

एनआरएनए अमेरिकाज क्षेत्रको आरसिमा राम पोखरेलद्वारा उम्मेदवारी घोषणा

नेप्लिज डायस्पोरा

२०, भाद्र २०७८
images
एनआरएनए अमेरिकाज क्षेत्रको आरसिमा राम पोखरेलद्वारा उम्मेदवारी घोषणा
 
 
 

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)को २०२१–२०२३ कार्यकालको लागि अमेरिकाज क्षेत्रका वर्तमान क्षेत्रीय उपसंयोजक (डिआरसि) राम पोखरेलले क्षेत्रिय संयोजक (आरसी) का लागि उम्मेदवारी दिने बताएका छन् । सन् २०१३ देखि एनआरएनएमा सक्रिय रहँदै आएका पोखरेल २०१५ मा संघको राष्ट्रिय समन्वय परिषद एनसीसी अमेरिकाका उपाध्यक्ष रहेका थिए । सन २०१९ मा अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजकमा बिजयी भएका पोखरेलले आरसीमा उम्मेदवारी घोषणा गरेका हुन ।

संघमा क्षेत्र र एनसीसीबिच रहेका दूरी र सञ्चारको तरिका सुधार गरि विगतमा भएका कमजोरीलाई हटाएर अघि बढने योजना रहेको उनले बताए । योपटक क्यानडा र अमेरिकाको एनसीसी चुनावमा समेत सक्रिय रहेका डिआरसी पोखरेलले आफुलाई साथ दिन सबै अमेरिकाज क्षेत्रका गैरआवाशिय नेपालीलाई आग्रह गरेका छन् ।


केहि दिनपहिले क्यानडाको अधिबेसनमा सहभागी भएका पोखरेलले उत्साहित हुँदै उम्मेदवारी घोषणा गरेको बताए । उनले सामाजिक सेवा र एनआरएन अभियानमा नेतृत्वदायी र सक्रिय भुमिका खेल्दै आइरहेको जनाउँदै पोखरेलले हाल एनआरएन अमेरिकाजको क्षेत्रीय उपसंयोजक रहेको हिसाबले पनि क्षेत्रीय संयोजक आफ्नो अधिकारको कुरा भएको बताए । एनआरएन अभियानलाई अझ प्रभाबकारी र बिवादरहित बनाउन भूमिका खेल्ने जनाउदै पोखरेलले सबैको सहयोगको अपेक्षा गरेको बताए ।


‘गैरआवासीय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्व चयनको समय फेरि आएको छ । शुभचिन्तक, साथीभाइ र अभियन्ताहरुको सुझाब तथा सल्लाहमा मैले पनि आगामी अक्टोबरको दोस्रो साता हुने निर्वाचनमा अमेरिकाज क्षेत्रको संयोजकमा उम्मेदवारी दिने निर्णय गरेको छु’, उनले भने–‘मैले संघको राष्ट्रिय समन्वय परिषद अमेरिकाको उपाध्यक्ष हुँदा होस् वा त्यो भन्दा अघि विभिन्न सामाजिक संघ संस्था मार्फत सामाजिक सेवा र एनआरएन अभियानमा नेतृत्वदायी र सक्रिय भूमिका खेल्दै आइरहेको र हाल एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय उपसंयोजक पनि रहेको हिसाबले क्षेत्रीय संयोजकमा मेरो दाबी स्वभाविक हो जस्तो मलाई लाग्छ । एनआरएन अभियानलाइ अझ प्रभावकारी र संघलाई बिवादरहित बनाउन भूमिका खेल्ने प्रण गर्दै यसपटक पनि यहाँहरुबाट सहयोगको अपेक्षा राखेको छु ।’

पोखरेलले जारी गरेको बिज्ञप्ती


गैर आवासीय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्व चयनको समय फेरि आएको छ ।
शुभचिन्तक , साथीभाइ र अभियन्ताहरुको सुझाब तथा सल्लाहमा मैले पनि आगामी अक्टोबरको दोस्रो साता हुने निर्वाचनमा अमेरिकाज क्षेत्रको संयोजकमा उम्मेदवारी दिने निर्णय गरेको छु ।


मैले संघको राष्ट्रीय समन्वय परिषद अमेरिकाको उपाध्यक्ष हुँदा होस् वा त्यो भन्दा अघि विभिन्न सामाजिक संघ संस्था मार्फत सामाजिक सेवा र एनआरएन अभियानमा नेतृत्वदायी र सक्रिय भूमिका खेल्दै आइरहेको र हाल एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय उपसंयोजक पनि रहेको हिसाबले क्षेत्रीय संयोजकमा मेरो दाबी स्वभाविक हो जस्तो मलाई लाग्छ ।


एनआरएन अभियानलाइ अझ प्रभाबकारी र संघलाई बिवादरहित बनाउन भूमिका खेल्ने प्रण गर्दै यसपटक पनि यहाँहरुबाट सहयोगको अपेक्षा राखेको छु ।

राम सी पोखरेल
क्षेत्रीय उप संयोजक,अमेरिकाज क्षेत्र
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद

images
प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - २२:१५:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend