Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अस्पतालमा उपचार गराईरहेकी अर्चनालाई सहयोग गर्न एनआरएनए मेरिल्याण्डको आव्हान

अस्पतालमा उपचार गराईरहेकी अर्चनालाई सहयोग गर्न एनआरएनए मेरिल्याण्डको आव्हान

नेप्लिज डायस्पोरा

२२, भाद्र २०७८
images
अस्पतालमा उपचार गराईरहेकी अर्चनालाई सहयोग गर्न एनआरएनए मेरिल्याण्डको आव्हान

तस्बिर: प्रेम राजा महतको फेसबुकबाट


अमेरिकाको मेरिल्याण्ड राज्यको क्रफ्टनमा बसोबास गर्ने अर्चना रेग्मी यतिबेला उपचारका क्रममा हस्पिटलमा हुनुहुन्छ। रेग्मीको उपचारमा खर्च र समय धेरै लाग्ने भएकोले परिवारले समुदायका मानिसहरुसंग सहयोगको याचना गरेको बुझिएको छ।

उहाँको यहि अगष्ट १८ गतेका दिन सबारी दुर्घटनामा परि गम्भीर घाईते हुनु भएको थियो। रेग्मीलाई हाल युनिभर्सिटी अफ मेरिल्याण्डको मेडिकल शक ट्रमा सेन्टरमा उपचार गराईएको छ । उहाको श्रीमान सुबर्ण पोख्रेलका अनुसार अर्चनाको चोट गम्भीर भएक र शरीरको कमरभन्दा तलको भागमा धेरै नै क्षती पुगेको हुदा उपचार प्रक्रिया जटिल र लामो समय लाग्ने भएको छ । उहांको अवस्था क्रिटिकल रहेको छ।

यस्तो अवस्थामा सुवर्ण पोख्रेल तथा उहाको परिवारलाइ आर्थिक सहयोगको पुगोस भन्ने उद्देश्यले NRN MD CHapter ले Gofundme सुरु गरेको छ।

अर्चनाको जीवन रक्षा र परिवारको सपोर्टका लागी सबैले सहयोग गरिदिनु हुन भन्दै एन आर एन ए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्तले सार्बजनिक अनुरोध गरेका छन्।

"यस दुखद घडीमा एकअर्कालाई सहयोग गर्नु नै मानव धर्म हो। आउनुहोस जति सकिन्छ त्यति सहयोग गर्नुहोस !" च्याप्टर महा सचिव प्रविन खड्काले सार्बजनिक गरेको 'गो फण्ड मि' मा भनिएको छ।

सहयोग गर्न यहाँ क्लिक गर्नुहोस

images
प्रकाशित मिति :भाद्र २२, २०७८ मंगलवार - ०४:०४:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend