अमेरिकाका नेपाली समाजका विद्यार्थी भाईबहिनीहरुलाई लक्षित गरेर गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, टेक्सस् च्याप्टरले COLLEGE and CAREER PLANNING : RIGHT PATH to RIGHT SCHOOL नामक Webinar गर्न लागेको छ ।
कार्यक्रममा कलेज तथा विश्वविद्यालयहरुमा नयाँ भर्ना हुने विद्यार्थीहरुलाई कलेज तथा विश्वविद्यालयहरु कसरी छनौट गर्ने ? कस्तो विषयको छनौट गर्ने ? कुनै विषय छनौट गर्दा त्यसका संभावनाहरु के कस्ता रहन्छन्? विश्वविद्यालयहरुमा अध्ययनका निम्ति छात्रवृत्ति के-कस्ता रहेका हुन्छन् र कसरी प्राप्त गर्न सकिन्छ ? अध्ययन सकेपछि रोजगारी लगायतका संभावनाहरु कसरी पहिल्याउन सकिन्छ ? भन्ने जानकारी दिने उद्देश्य राखिएको च्याप्टर अध्यक्ष सोफिं थापाले जानकारी दिए ।
जसका लागि अनुभवी व्यक्तित्वहरु लगायत विभिन्न उत्कृष्ट विश्वविद्यालयहरुमा अध्ययन गर्रिरहनुभएका विद्यार्थी भाई बहिनीहरुको अनुभव साटासाट गर्ने यस कार्यक्रमबाट विद्यार्थीहरुलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरेका छौं। यो महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय सहभागिताको लागि टेक्सास च्याप्टरले सार्बजनिक आव्हान गरेको छ।
आयोजकले दिएको जानकारी अनुसार कार्यक्रम यसप्रकार छ:
कार्यक्रम तालिका
समय र मिति: September 11, 2021 (5pm -9pm Central Time
स्थान: Virtual (Zoom Meeting)
Zoom Link: https://tamu.zoom.us/j/9407684290
Zoom ID: 98401324618
Passcode: TEXAS