Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

न्यूयोर्कमा फिप्ना लगायत १७ संस्थाहरु ब्रुक्लिन वोरो प्रेसिडेण्टद्वारा सम्मानित

न्यूयोर्कमा फिप्ना लगायत १७ संस्थाहरु ब्रुक्लिन वोरो प्रेसिडेण्टद्वारा सम्मानित

नेप्लिज डायस्पोरा

२८, भाद्र २०७८
images
न्यूयोर्कमा फिप्ना लगायत १७ संस्थाहरु ब्रुक्लिन वोरो प्रेसिडेण्टद्वारा सम्मानित

 

न्यूयोर्कमा फिप्ना लगायत अन्य १७ वटा संस्थाहरु ब्रुक्लिन वोरो प्रेसिडेण्टले सम्मान गरेका छन् । नेपाली अमेरीकन समुदायको नेतृत्वदायी संस्था नेपाल आदिवासी जनजाति महासंघ र अन्य १७ वटा सदस्य संस्थाहरूलाई ब्रुक्लिन वोरो प्रेसिडेण्ट द्वारा कोभिड-१९ नायक पदक (हिरो अवार्ड)द्वारा सामुहिक रूपमा सम्मानित भएका छन् ।

कोरोनाले न्यूयोर्कलाई केन्द्र बिन्दु बनाए देखि हालसम्म पनि लगातार नेपाली अमेरीकन समुदायमा मानविय सेवामा अग्रपंक्तिमा आएर सेवा गरे बापत ब्रुक्लिन वोरो अध्यक्ष प्रेसिडेण्टले सम्मान गरेका हुन्

डेमोक्रेटिक पार्टीको तर्फबाट न्यूयोर्क शहरको मेयरको उम्मेद्वारको लागी निर्वाचित समेत भएका बोरो प्रेसेडेण्ट एरिक एडम्स द्वारा सम्मान पत्र वितरण गरिएको छ ।

फिप्नाले गत साल कोरोना कहरको अत्याधिक संक्रमित अवस्थामा स्वयंसेवकहरूको ज्यानको जोखिम मोल्दै १०औ हजार भन्दा धेरै माक्स , सेनिटाईजर, ग्लब्स साथै टाईनल , थर्ममिटर, लगायत अति आवश्यक स्वास्थ्य सामाग्रीहरू न्यूयोर्कमा वितरण गरेको थियो ।


नेपालमा करिव २ महिना सम्म अभियान चलाएर गरिव असाहाय, दलित तथा सिमान्तकृत समुदायमा रू २६,००,०००/- ( छब्बीस लाख रूपैया) बराबरको खाद्यान्न वितरण गरिएको थियो ।

1.jpg

त्यसपछी लगातार रूपमा अन्य कोभिड-१९ जान्छ र खोप अभियान लागायत अन्य अन्य नेपाली समुदायमा भईआईपरेको सबैप्रकारको मानविय सेवामा संलग्न हुदै आएको छ ।

साथै कोरोना कहरका बीच उच्च मानविय सेवाको रूपमा काम गर्ने सबै फिप्नाका सदस्य संस्थाहरू पनि सम्मानित भएका छन् ।

सम्मानित हुने सदस्य संस्थाहरूले उक्त समयमा विभिन्न स्वयंसेवक टोली निर्माण गरी आफ्नो समुदायको प्रत्येक घरदैलोमा आवश्यक औषधि जन्य सामाग्री , स्वास्थ्य सामग्री, खाद्यान्न सामाग्रीहरू उपलब्ध गराउनुका साथै एफवान भिसा मा रहेका नेपाली अन्तराष्ट्रीय विद्यार्थीहरूलाई आवाश्यक आर्थिक सहयोग समेत उपलब्ध गराएका थिए ।

नेपाल आदीवासी जनजाति महासंघ अमेरीकाले धन्यवाद व्यक्त गरेको छ ।

images
प्रकाशित मिति :भाद्र २८, २०७८ सोमवार - १६:४२:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend