Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सूर्य थापाद्वारा टेक्सासको कम्युनिटिको होम ओनर्स एसोसियसनको बोर्डमा उमेद्वारी

सूर्य थापाद्वारा टेक्सासको कम्युनिटिको होम ओनर्स एसोसियसनको बोर्डमा उमेद्वारी

नेप्लिज डायस्पोरा

४, आश्विन २०७८
images
सूर्य थापाद्वारा टेक्सासको कम्युनिटिको होम ओनर्स एसोसियसनको बोर्डमा उमेद्वारी

 

टेक्सास, पछिल्लो समय नेपालीहरुको बाक्लो बस्ती रहेको VRIDIAN कम्युनिटिको बोर्डमा सूर्य थापाले उम्मेदवारी दिएका छन् । ड्यालस एरियाको
नेपालीहरु बसोबास गर्ने ठुलो कम्युनिटि मध्येमा पर्ने VRIDIAN कम्युनिटिको बोर्ड मेम्बरको १ सदस्यका लागि यहि सेप्टेम्बर २३ तारिख देखी ३० सम्म
मतदान हुंदैछ । १ जना पदका लागी १० जना प्रतिष्प्रधामा रहेको पदमा लगभग तिन हजारको हाराहारीमा रहेका VRIDIAN बासीन्दाहरुले मतदान गर्न पाउनेछन् ।

पत्रकारिता र पछिल्लो समय रियल्टरको पहिचान बनाएका थापा कम्युनिटिको बोर्ड मेम्बरमा उम्मेदवारी दिने पहिलो र एक मात्र नेपाली रहको छन् ।
आकर्षक डिजाईनका साथै बनाईएको यस कम्युनिटिको सुन्दरता जोगाईराख्न र सुरक्षा, बातावरण सुधार लगायतका काममा आफ्नो मुख्य ध्यान रहने
थापाले बताएका छन् ।

VRIDIAN कम्युनिटीमा लगभग दुई सय परिवार नेपालीहरुको रहेको अनुमान गर्दै थापाले यंहा रहनुहुने सबै नेपालीहरुको सहयोगको
अपेक्षा गरेको बताएका छन् । सेप्टेम्बर २३ तारिख देखी एक घरको एकजनालाई ईमेल मार्फत मतदान लिंक आउने र त्यहि लिंक मार्फत
१० जना मध्ये १ जना सूर्य थापालाई मतदान गर्न सकिने छ ।

HOA लाई अमेरिकामा समुदायका लागि बलियो स्थानिय संस्थाका रुपमा लिईन्छ ।

 

images
प्रकाशित मिति :आश्विन ४, २०७८ सोमवार - ०१:०५:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend