Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नेप्लिज हेरिटेज युनियनको चौथो साधारण सभा हुदै

नेप्लिज हेरिटेज युनियनको चौथो साधारण सभा हुदै

नेप्लिज डायस्पोरा

१५, आश्विन २०७८
images
नेप्लिज हेरिटेज युनियनको चौथो साधारण सभा हुदै

स्थापनाको छोटो समयमा नै आफ्नो कार्यक्रम मार्फत नेपालीभाषी नेपालीहरुको मनमुटुमा बस्न सफल नेप्लिज हेरिटेज युनियनले आगामि अक्टोबर दुइ तारिखमा चौथो साधारण सभा गर्दैछ । नेपाली कला सस्कृतिको जगेर्ना गर्दै प्रबासमा जन्मे हुर्केका बालबालिकालाई नेपाली कला सस्कृति सिकाउने र नेपालीहरुको सुख दुखको सारथि बन्दै सम्पुर्ण नेपालीहरु लाई एउटै मालामा उनेर सङै अगाडि बढ्ने उद्देश्य राखेर स्थापना भएको एन एच यु अहिले सबैको मन मुटुमा बस्न सफल भएको छ । Connecting Nepalese Together भन्ने नारा बनाउदै आएको यस सस्थाले स्थानिय संघसस्था तथा एनआरएनसंग मिलेर सङै अगाडि बढ्न चाहेको सस्थाका महासचिब कर्ण बोगटिले बताउनु भयो ।

यहि आउदो अक्टोबर २ तारिकको दिन बिहान दस बजेदेखि १ बजेसम्म ह्युस्टनको 9494 Southwestfreeway suite १०३ मा साधारण सभा हुने र यस साधारण सभाले नया कार्यसमिति चयन गर्ने छ । निर्बाचन सम्बन्धि सुचनाको लागि लक्ष्मण भण्डारी, दामोदर पंगनी र तुल्सिराम बस्याललाई सम्पर्क गर्न सस्थाले अनुरोध गरेको छ । साधारण सभामा उपस्थित भैदिनुहुनको लागि सस्थाले सम्पुर्ण टेक्सासबासि नेपालीहरुमा आव्हान गरेको छ ।

 

नेपालमा यस्तो सरकार कहिले आउला

               

images
प्रकाशित मिति :आश्विन १५, २०७८ शुक्रवार - ०४:५८:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend