गोरखा समाज मेरिल्याण्डको आयोजनामा दशैं तिहारको अवसरमा बिशेष कार्यक्रम हुने जानकारी भएको छ। समाजका अध्यक्ष गणेश लामिछानेले यो जानकारी गराउनु भएको हो।
गोरखा समाज मेरिल्याण्डका अध्यक्ष गणेश लामिछाने र महासचिव उदय प्रसाद भट्टराईले एक प्रेस बिज्ञप्ति जारी गर्दै चर्चित नेपाली कलाकारहरुसंगको साथमा देउसी भैलो सहित बिशेष कार्यक्रम गर्न लागेको बताउनु भएको छ।
देउसी भैलो तथा शुभ दिपावली कार्यक्रममा -२०७८ नाम दिइएको कार्यक्रममा अमेरिकामा रहेका र नेपालबाट आएका चर्चित कलाकारहरुले प्रस्तुति गर्ने पनि तयारी भईरहेको छ।
कार्यक्रम यहि अक्टोबर ३१ तारिखका दिन दिउसो ५ बजेदेखि साँझ १० बजेसम्म हुने समाजका उपाध्यक्ष राजेन्द्र भट्टले जानकारी दिनु भयो।
कार्यक्रममा आउने कलाकारको बारेमा छलफल भईरहेको र छिट्टै सार्बजनिक गरिने अध्यक्ष गणेश लामिछानेले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताउनु भयो। कार्यक्रममा सहभागी भैदिनुहुन समाजका सबैजनालाई अध्यक्षले अनुरोध समेत गर्नुभयो।