लायन्स क्लब अफ बाल्टिमोर नेपालीले बाल्टिमोरमा चंगा मेला गर्ने भएको छ ।
“दशैंको बेलामा चंगा उडाउने हामी नेपालीको पुरानो परम्परा हो । विदेशमा आफ्नो संस्कृती फैलाउन र हाम्रै दोस्रो पुस्तालाई यसको रमाईलो र महत्व बुझाउन लायन्स चंगा मेला आयोजना गरेका हौं ।” लायन्स क्लब अफ बाल्टिमोर नेपालीका बरिष्ठ उपाध्यक्ष गणेश लामिछानेले बताए ।
बाल्टिमोरको गन पाउडर पार्कमा गरिने छ । त्यहा फराकिलो ठांउ भएकाले यो स्थान रोजिएको आयोजकले बताएका छन ।
आयोजकका अनुसार चंगा मेलामा सहभागी हुनका लागि एउटा फाराम भर्नु पर्छ । फाराम भरेका सहभागीहरुलाई आयोजकले चंगा निशुल्क उपलब्ध गराउने छ । सहभागीता शुल्क नलाग्ने तर सहभागीहरुले आफ्नो खाना आफै लिएर आउनु पर्ने लायन्स क्लब अफ बाल्टिमोर नेपालीका संस्थापक अध्यक्ष बैकुण्ठ मान श्रेष्ठले नेप्लिज डायस्पोरालाई बताए ।
मेरिल्याण्ड र आसपासका ईच्छुक व्यक्तिले यो मेलामा सहभागी हुन सक्नेछन ।