Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

क्यान्सस सिटी नेपाली साेसाइटीमा नयाँ कार्यसमिति चयन गर्दै दशै भब्य मनाईयो

क्यान्सस सिटी नेपाली साेसाइटीमा नयाँ कार्यसमिति चयन गर्दै दशै भब्य मनाईयो

नेप्लिज डायस्पोरा

२५, आश्विन २०७८
images
क्यान्सस सिटी नेपाली साेसाइटीमा नयाँ कार्यसमिति चयन गर्दै दशै भब्य मनाईयो
 

क्यान्सस सिटी नेपाली साेसाइटीकाे नयाँ कार्यसमिति चयन तथा दशै विशेष कार्यक्रम क्यान्सस सिटीको अाेभरल्याण्ड पार्कमा गत शनिबार सम्पन्न भएकाे छ ।


नेपाली राष्ट्रिय गान र माैलीक नेपाली धिमे बाजाबाट सुरु भएकाे दशै विशेष कार्यक्रममा स्थानीय कलाकारहरुकाे सास्कृतिक कार्यक्रम प्रस्तुतिसँगै चर्चित गायक दिपेश किशाेर भट्टराईकाे विशेष साङ्गितिक प्रस्तुती रहेकाे थियाे ।

कार्यक्रममा साेसाइटीका अध्यक्ष दिनेश गुरुङले गत दुई वर्षमा साेसाइटीले गरेका गतिविधिहरुकाे बारेमा जानकारी गराउनुका साथै सोसाइटीलाई सहयाेग पुय्ाउनु हुने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियाे ।

सुबाेध अधिकारीको संयाेजकत्वमा रहेको तीन सदस्यीय निर्वाचन समितिले पुन: दिनेश गुरुङकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन समिति संयाेजक अधिकारीले नयाँ कार्य समितिलाइ सपथ ग्रहण गराउनु भएकाे थियाे ।

त्यसै गरि उक्त कार्यक्रममा विभिन्न समयमा साेसाइटीलाई याेगदान दिनु हुने व्यक्तित्वहरु डा. ज्याेती रिसाल, डा.मन्दिरा राजकर्णिकार, डा. सिल्भिया राजभण्डारी, नेपाली पाठशालाकी शिक्षक सृजना उप्रेती, बालबालिकाहरुका लागि संचालन गरीएकाे अाइटी कोडीङ क्लासका शिक्षक अभिशेष दाहाल र साेसासाइटीका अाइटी विभाग प्रमुख प्रविन अधिकारीलाई सम्मान गरीएको थियाे ।

उक्त कार्यक्रममा स्थानीय कवि राजेन राईले कविता वाचन गर्नु भएकाे थियाे भने कार्यक्रम संचालन दिपेश भट्टराई र कल्पना तामाङले गर्नु भएकाे थियो ।

 

0.jpg

 

1.jpg

 

 

00.jpg

 

Screen Shot 2021-10-11 at 7.00.52 AM.png

 

2.jpg

 

8.jpg

 

Screen Shot 2021-10-11 at 6.58.15 AM.png

 

कवि सतिश चापागाईंको कविता बिमानस्थलमा बा !

             

images
प्रकाशित मिति :आश्विन २५, २०७८ सोमवार - १६:३०:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend