Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

लस एन्जलसको आर्टेसिया नगरको आयुक्तमा रामेश्वर भण्डारी नियुक्त

लस एन्जलसको आर्टेसिया नगरको आयुक्तमा रामेश्वर भण्डारी नियुक्त

नेप्लिज डायस्पोरा

५, कार्तिक २०७८
images
लस एन्जलसको आर्टेसिया नगरको आयुक्तमा रामेश्वर भण्डारी नियुक्त


लस एन्जलस /अमेरिका

अमेरिकाको प्रमुख ब्यापारिक शहर लस एन्जलस क्षेत्रको आर्टेसिया नगरको आयुक्त पदमा नेपाली मुलका प्रतिभाशाली रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन् । एशियन, भारतीय र नेपालीहरुको बाक्लो बसोवास रहेको उक्त नगरको सिटी काउन्सिलको बैठकले भण्डारीलाई आयुक्त नियुक्त गरेको हो ।

स्थानिय कम्युनिटी कलेजमा अंग्रेजी बिषयका सहायक प्रोफेसर भण्डारी बिगत लामो समयदेखी सामुदायिक सेवामा सकृय छन । गत अक्टोबर १३ तारिखका दिन उनले आयुक्त पदको शपथ ग्रहण गरेका छन् । बिकास, प्रविधी र हावापानीले अमेरिकाको चर्चित लस एन्जलस काउन्टीमा पर्ने आर्टेसिया नगरमा भण्डारीले नेपालीहरु र एशियाली मुलका नागरिकहरुको उत्थान, शहरको सुन्दरता र मर्मत सम्भार सम्बन्धी कार्यभार सम्हाल्ने छन् ।

‘यो कार्यकारी पद भने होइन, यो सल्लाह दिने पद हो,’ नियुक्तिबारे जानकारी दिँदै भण्डारीले भने, ‘शहरको पुननिर्माण र शहरको सुन्दरता बढाउने उपायहरुबारे सिटी काउन्सिललाई सिफारिस गर्ने जिम्मेवारी हो, यो ।’ सिटी काउन्सिलले उनलाई ‘कमिस्नर अफ व्युटिफिकेशन एण्ड मेन्टिनेन्स कमिशन’ पदको नियुक्त गरेको पत्र दिएको छ । काउन्सिलको नियुक्तिअनुसार, उनको पदावधि चार बर्षको हुनेछ ।

लस एन्जलस क्षेत्रका लागि नेपाल सरकारबाट पर्यटन दुत समेत भईसकेका अंग्रेजी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र पत्रकारितामा स्नातक एवम् क्यालिफोर्निया स्टेट युनिभर्सिटी, लस एन्जलसबाट अंग्रेजीमै मास्टर्स गरेका भण्डारी ‘बाईडेन जिताऔं अभियानमा नेपाली समुदायको को-चियर’, प्रवासी नेपाली समुदायको गौरब श्रीपशुपती बुद्ध फाउन्डेशनका महासचिव समेत हुन । खुल्लामंच डटकमबाट साभार।

 

आफ्नो सन्तान विदेश पठाउदा एउटा बाको पीडा कस्तो होला ? यो भिडियो हेर्नुहोस:

images
प्रकाशित मिति :कार्तिक ५, २०७८ शुक्रवार - २३:३९:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend