Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा पहिलो नेपाली चङ्गा मेला

अमेरिकामा पहिलो नेपाली चङ्गा मेला

नेप्लिज डायस्पोरा

८, कार्तिक २०७८
images
अमेरिकामा पहिलो नेपाली चङ्गा मेला

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर पहिलो नेपाली चङ्गा मेला सम्पन भएको छ।

अमेरिकामा नेपाली समुदायको इतिहासमा बाल्टिमोरमा सम्भवत पहिलो पटक चङ्गा मेलाको आयोजना गरिएको छ । लायन्स क्लब अफ बाल्टिमोर नेप्लिजले कार्यकमको आयोजना गरेको हो।

मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्कमा अक्टोबर २४ आइतबारका दिन दिउसो चङ्गा मेला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको क्लबका बरिष्ठ उपाध्यक्ष गणेश लामिछानेले बताए।

 

g0.jpg

अमेरिकामा रहेका दोश्रो पुस्तालाई बिशेष केन्द्रित गरि नेपालका चाड पर्व कला संस्कृतिको जानकारी दिने उद्देश्यले चङ्गा मेला गरिएको लायन्स क्लब अफ बाल्टिमोर नेप्लिजका संस्थापक बैकुण्ठमान श्रेष्ठले बताए ।

यसै गरि क्लबका पूर्व अध्यक्ष विजय श्रेष्ठले हामीले हाम्रा चाड पर्व ,संस्कृति,परम्परा र उत्सवलाई विदेशमा जन्मेका दोश्रो पुस्ताका बालबच्चा तथा हाम्रा सन्तानलाई सिकाउनु पर्छ र यसलाई जगेर्ना गरि रहनु पर्ने भएकोले यो चङ्गा मेलाको आयोजना गरिएको जनाए ।

दुवै पूर्व सभापतिहरुले बालबालिकाका अभिभावकलाई मेलामा लिएर आउनु भनि अनुरोध सामाजिक संजाल,संचार माध्यम र नेपाली समुदायका सदस्यहरुको माध्यमद्वारा सूचना गरिएको थियो ।

g4.jpg

मेलामा दर्जनौ भन्दा ज्यादा परिवारहरुले आफ्ना बालबलिकाहरु सहभागिताको लागि त्यहा ल्याएका थिए । उत्सवमा राम्रा प्रकारका चङ्गाहरु ल्याएका थिए भने नेपालबाट समेत चङ्गा र लट्टाई मगाईएको थियो ।

बालबालिकाहरु अत्यन्तै रमाएर चङ्गा उडाएका थिए भने अभिभावकहरुले पनि आफ्ना बाल्यकाल सम्झदै चङ्गा उडाउदै बच्चाहरुलाई सिकाएका थिए । अभिभावकहरुले पनि लट्टाई र बिशेष प्रकारका चङ्गा मज्जा मान्दै खुशी हुँदै उडाएका थिए। साथै सबैलाई सेलरोटी सहितको खानपिनको व्यवस्था समेत बन्दोबस्त गरिएको थियो ।

क्लबका अध्यक्ष लायन महेन्द्र थापा मगरले स्वागत मन्तब्य राखेका थिए भने प्रथम उपाध्यक्ष लायन गणेश लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संचालन महिला सामाजिक कार्यकर्ता सीता पाण्डेले गरेकी थिइन् ।

k1.jpg

 

k9.jpg

 

go.jpg

images
प्रकाशित मिति :कार्तिक ८, २०७८ सोमवार - १८:२७:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend