Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सन्तोष पौडेल एनआरएनए मेरिल्याण्ड च्याप्टरको सल्लाहकार मनोनित

सन्तोष पौडेल एनआरएनए मेरिल्याण्ड च्याप्टरको सल्लाहकार मनोनित

नेप्लिज डायस्पोरा

१३, कार्तिक २०७८
images
सन्तोष पौडेल एनआरएनए मेरिल्याण्ड च्याप्टरको सल्लाहकार मनोनित

 

बाल्टिमोर, अमेरिका

एनआरएनए मेरिल्याण्ड च्याप्टरले सन्तोष पौडेललाई च्याप्टरको सल्लाहकार मनोनित गरेको छ। सन्तोष पौडेल बाल्टिमोरका एक सफल ब्यबसायी र सक्रिय समाजसेवी पनि हुनुहुन्छ। पौडेलले मेरिल्याण्डमा बिभिन्न सामाजिक कामहरुमा सहयोग प्रदान गर्दै आउनु भएको छ । उहाँले नेपालमा पनि आइपर्ने बिभिन्न सामाजिक काममा सहयोग गर्दै आउनु भएको छ।

पौडेलसंगै ११ जना ब्यक्तित्वहरु सल्लाहकार मनोनित हुनु भएको हो। यसरी मनोनित हुनेहरुमा बिष्णु बराल, बिनोद उप्रेती, अनु वन्त, सबि थापा, कुल प्रसाद गुरुङ, धर्म बेलबासे, बिक्रम केसी, शशि थापा, अंशु कार्की र ओसाविन श्रेष्ठ रहनु भएको छ।

संस्थाको बिधान अनुसार च्याप्टरलाई सल्लाह दिईरहनुभएका र सहयोग गरिरहनु भएका व्यक्तित्वहरुलाई मनोनित गरिएको अध्यक्ष राजु पराजुलीले जानकारी दिनु भयो।

मनोनित सल्लाहकारहरुलाई आउने हप्ता हुने च्याप्टरको कार्यालय उदघाटन समारोहमा प्रमाण पत्र दिने कार्यक्रम रहेको मेरिल्याण्ड च्याप्टरले जानेको छ।

मेरिल्याण्डमा बसेर सामाजिक र ब्यबसायिक सेवा प्रदान गरिरहेका व्यक्तित्वहरु मध्येबाट सल्लाहकार चयन गरिएको पनि अध्यक्ष पराजुलीले बताउनु भयो।

सल्लाहकार मनोनित हुनु भएकोमा सन्तोष पौडेललगायत सबै सल्लाहकारहरुमा नेप्लिज डायस्पोरा परिवार हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७८ शनिवार - ०६:०२:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend