बाल्टिमोर, अमेरिका
एनआरएनए मेरिल्याण्ड च्याप्टरले अंशु कार्कीलाई च्याप्टरको सल्लाहकार मनोनित गरेको छ। अंशु कार्की बाल्टिमोरकी एक उदियमान कानुन ब्यबसायी र हुनुहुन्छ। कार्कीले मेरिल्याण्डमा बिभिन्न सामाजिक कामहरुमा सहयोग प्रदान गर्दै आउनु भएको छ ।
कार्कीसंगै ११ जना ब्यक्तित्वहरु सल्लाहकार मनोनित हुनु भएको हो। यसरी मनोनित हुनेहरुमा बिष्णु बराल, बिनोद उप्रेती, अनु वन्त, सबि थापा, कुल प्रसाद गुरुङ, धर्म बेलबासे, बिक्रम केसी, सन्तोष पौडेल, शशि थापा र ओसाविन श्रेष्ठ रहनु भएको छ।
संस्थाको बिधान अनुसार च्याप्टरलाई सल्लाह दिईरहनुभएका र सहयोग गरिरहनु भएका व्यक्तित्वहरुलाई मनोनित गरिएको अध्यक्ष राजु पराजुलीले जानकारी दिनु भयो।
मनोनित सल्लाहकारहरुलाई आउने हप्ता हुने च्याप्टरको कार्यालय उदघाटन समारोहमा प्रमाण पत्र दिने कार्यक्रम रहेको मेरिल्याण्ड च्याप्टरले जानेको छ।
मेरिल्याण्डमा बसेर सामाजिक र ब्यबसायिक सेवा प्रदान गरिरहेका व्यक्तित्वहरु मध्येबाट सल्लाहकार चयन गरिएको पनि अध्यक्ष पराजुलीले बताउनु भयो।
सल्लाहकार मनोनित हुनु भएकोमा अंशु कार्की लगायत सबै सल्लाहकारहरुमा नेप्लिज डायस्पोरा परिवार हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ।
च्याप्टरले च्याप्टरको गतिबिधि सर्बसाधारण समक्ष सार्बजनिक गर्न नेप्लिज डायस्पोरालाई आधिकारिक मिडिया पार्टनरका रुपमा घोषणा गरेको छ।