Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए मेरिल्याण्ड च्याप्टरको आफ्नै कार्यालयको उदघाटन

एनआरएनए मेरिल्याण्ड च्याप्टरको आफ्नै कार्यालयको उदघाटन

नेप्लिज डायस्पोरा

१४, कार्तिक २०७८
images
एनआरएनए  मेरिल्याण्ड च्याप्टरको आफ्नै कार्यालयको उदघाटन

तस्बिर: सुशील पगेनी

एनआरएनए एनसीसी अमेरिकाको मेरिल्याण्ड च्याप्टरको आफ्नै कार्यालय भवनको एक समारोहका बीच अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, अवैतनिक महाबाणिज्य दुत प्रेमराजा महत र एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तले संयुक्त रुपमा उदघाटन गर्नु भएको छ।

उदघाटन लगत्तैको कार्यक्रममा बोल्नु हुदै अमेरिकाज क्षेत्रिय संयोजक राजन त्रिपाठीले एनआरएनएका केहि बिबाद र मतान्तरलाई बिर्सने हो भने यो संस्था झन् मजबुद र लोभलाग्दो बन्दै गएको विचार ब्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्नु हुदै बिशेष अथिति महाबाणिज्य दुत प्रेमराजा महतले यो भवन स्थापना गरेर मेरिल्याण्ड च्याप्टरले संसारभरका एनआरएनए माझ उदाहरणीय काम जरेको छ भन्नुभयो।

सोहि कार्यक्रममा बोल्नु हुदै अर्का बिशेष अथिति एनआरएनए एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्तले कार्यालय स्थापना गरेर च्याप्टरले ऐतिहासिक काम गरेको बताउनु भयो। यो काम सम्पन्न गर्न मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली र बर्तमान कार्य समितिसंग आफुले नियमित छलफल र सहकार्य गरेको पनि जानकारी गराउनु भयो ।

"आफनै गृह राज्यबाट शुरु भएको यो अनुकरणीय कार्यलाई अरु च्याप्टरहरुले निरन्तरता दिनुहुने विश्वास गरेको छु र अरु च्याप्टरहरुको पनि आफ्नै कार्यालय स्थापना गर्ने अभियान चलाउने प्रतिबद्दता ब्यक्त गर्दछु।" पन्तले भन्नुभयो।

बरिष्ठ उपाध्यक्ष पन्तले भन्नुभयो, "एनआरएनए एनसिसि अमेरिकाले लामो समयदेखि आफ्नै भवन स्थापना गर्ने योजना अगाडी बढाएपनि काम हुन् सकेको छैन। डिसी मेट्रो क्षेत्रमा एनआरएनए एनसिसि अमेरिकाको आफ्नै भवनको काम छिट्टै शुरु गर्न यो कामले बल प्रदान गरेको छ।"

आईसीसी, एनसीसी, च्याप्टरका पदाधिकारी र मेरिल्याण्डका सामाजिक संस्थाका सम्मानित व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा च्याप्टरले हालै नियुक्त गरेका सल्लाहकारहरुलाई प्रमाण पत्रले सम्मान गरिएको थियो। साथै, च्याप्टरको हेल्प डेस्क संयोजक श्याम कतिला, आर्ट एण्ड कल्चरल बिभाग संयोजक लक्ष्मण पौडेल र मिडिया पार्टनर नेप्लिज डायस्पोरालाई पनि प्रमाण पत्रले सम्मानित गरिएको थियो।

कार्यक्रममा एनआरएनएनका आईसीसी सदस्य शिवराज पौडेल, एनसीसी कोरियाका निबर्तमान अध्यक्ष राजु क्षेत्री, एनसीसीका सल्लाहकार सुभाष घिमिरे, बोर्ड अफ डाईरेक्टर डोलनाथ घिमिरे, पानसका केन्द्रिय अध्यक्ष प्रेमकुमार श्रेष्ठ, ओएनएफका अन्तराष्ट्रिय अध्यक्ष प्रभु थापा, पुर्व अध्यक्ष दुर्गा श्रेष्ठ, नासोका अध्यक्ष राजेन्द्र सेन्चुरी, बानाका अध्यक्ष सुबोध विलास पन्त, साथी बाल्टिमोरका रमेश भट्ट, सल्लाहकारको तर्फबाट अनु श्रेष्ठ वन्त, जनसम्पर्क समिति मेरिल्याण्डका महासचिव नेत्र केसी, समाजसेवी विजय श्रेष्ठ, नेप्लिज डायस्पोराका सम्पादक सतीश चापागाईं लगायतले बोल्नु भएको थियो।

च्याप्टर सचिव प्रविन खड्काले संचालन गर्नु भएको कार्यक्रमको सभापतित्व च्याप्टरका अध्यक्ष राजु पराजुलीले गर्नु भएको थियो।

images
प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - ०३:३८:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend