मेरो सिन्दुरको रंग अर्कैलाई पारेर गयौ
तिम्रो र मेरो बिचको साँध बारेर गयौ
सम्झनाको लगन गाँठो म संगै छाडेर
माया लत्याई अन्त साइत सारेर गयौ
तिम्रो रिसको पोको मै माथि थोपरेर
क्रोधले जली आफ्नै झाँको झारेर गयौ
जीवनका उकाली ऒरालि नबुझेर तिम्ले
हाम्रो सम्भावना मिलनको नै टारेर गयौ
मनले नटिकेको सम्बन्ध, धनले के टिक्ला र
खैभरोशा जिन्दगीको आशको बीट मारेर गयौ
११/०६/२०२०