Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सुदुरपश्चिम समाज मेरिल्याण्ड अमेरिकाद्वारा जय सिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

सुदुरपश्चिम समाज मेरिल्याण्ड अमेरिकाद्वारा जय सिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

नेप्लिज डायस्पोरा

२७, कार्तिक २०७८
images
सुदुरपश्चिम समाज मेरिल्याण्ड अमेरिकाद्वारा  जय सिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

दार्चुलामा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुस्काउँदा महाकाली नदीमा बेपत्ता भएका धामीको परिवारलाई २ लाख नगद सहयोग गरिएको हो ।

बुधवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमका बिच सुदूरपश्चिम समाज मेरिल्याण्ड अमेरिकाले बेपत्ता धामीका परिवारलाई फारवेष्ट राईडर्स कैलालीमार्फत २ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

सुदूरपश्चिम समाज मेरिल्याण्ड अमेरिकाका अध्यक्ष दमन विक्रम शाहको अगुवाइमा पीडित धामी परिवारका लागि आर्थिक सहयोग संकलन गरिएको थियो । फारवेष्ट राईडर्सका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले नगद २ लाख जयसिंह धामीकी श्रीमती राजन्ती धामीलाई हस्तान्तरण गरेका हुन् ।जयसिंह धामीकी श्रीमती, एक छोरा र एक छोरी छन् ।

छोराछोरीको पढाइ खर्चमा सहयोग पुगोस् भन्ने उद्धेश्यले रकम संकलन गरी सहयोग गरिएको अध्यक्ष शाहले बताए । यसअघि नेपाल सरकारले घोषणा गरेअनुसारको १० लाख राहत रकम उपलब्ध गराइसकेको छ ।

सहयोग गर्नेहरुको नामावली

1.jpg

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - ०८:३४:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend