Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मेरील्याण्डमा गाडीको ठक्करबाट नेपाली महिलाको निधन

मेरील्याण्डमा गाडीको ठक्करबाट नेपाली महिलाको निधन

नेप्लिज डायस्पोरा

८, मंसिर २०७८
images
मेरील्याण्डमा गाडीको ठक्करबाट नेपाली महिलाको निधन

 

मेरील्याण्डमा गाडीको ठक्करबाट नेपाली महिलाको निधन भएको दुखद समाचार छ। मेरील्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीको एक व्यस्त सडकमा एक सवारी साधनले ठक्कर दिदा नेपाली महिलाको मृत्यु भएको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार उनी पहिलो दिन वासिगटन डिसीमा काम गरेर फर्कने क्रममा उक्त दुखद घटना भएको स्रोतले बतायो ।

नेपाल घर भै भर्खरै बिबाह गरिएको पीडित महिला अफगानी शरणार्थीहरु सॅग अफगानस्तानबाट अमेरिका आएको बुझिएको छ ।

उन्का पति नेपालमै रहेको स्रोतले वताएको छ । उन्लाई मेरील्याण्डमा बस्ने घरवालाले डिसीमा काममा जाने तरीका र रेलमा चढने आदी सिकाएर समेत आएका थिए भने कामबाट फर्केको पहिलो दिन नै दुखद घटना भएको छ ।

श्रोतका अनुसार पीडितका परिवारहरुले डिसी स्थित राजदूतावासमा पनि सम्पर्क गरि रहेको बुझिएको छ ।

दुर्घटना गत सोमबार राती ७ बजे तिर भएको र गाडी चलाउने चालकके खोजी भै रहेको प्रहरीले जनाएका छन ।

पीडीतको पूर्ण बिवरण हामी लिएर आउने छौ। स्थानिय पत्र पत्रिकाले नाम उल्लेख नगरि समाचार प्रकाशित गरेका छन। इनेप्लिजले लेखेको छ।

images
प्रकाशित मिति :मंसिर ८, २०७८ बुधवार - ०४:५३:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend