Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा गाडीको ठक्करबाट सोलुखुम्बुका कांग्रेस नेता तथा पुर्व गाबिस अध्यक्षको निधन

अमेरिकामा गाडीको ठक्करबाट सोलुखुम्बुका कांग्रेस नेता तथा पुर्व गाबिस अध्यक्षको निधन

नेप्लिज डायस्पोरा

२०, मंसिर २०७८
images
अमेरिकामा गाडीको ठक्करबाट सोलुखुम्बुका कांग्रेस नेता तथा पुर्व गाबिस अध्यक्षको निधन

 

अमेरिकाको न्युजर्सीमा गाडीको ठक्करबाट एकजना नेपालीको निधन भएको छ । न्युयोर्कमा बस्दै आएका आङकामी शेर्पाको आइतबार विहान झण्डै साढे ६ बजे न्युजर्सीमा गाडीको ठक्करबाट निधन भएको जनाइएको छ ।

उनि नेपाली कांग्रेस सोलुखोम्बु जिल्ला टाप्टिङको नेता तथा पुर्व गाविस अध्यक्ष रहेको बुझिएको छ। 

सोलुखुम्बु स्थायी घर भएका शेर्पालाई सडकमा पैदल हिडिरहेको बेला गाडीले ठक्कर दिएको जनाइएको छ । उनी सोलुखोम्बुको तत्कालिन टाप्टिङ गाविसका पूर्व अध्यक्ष समेत हुन् ।

उनले न्युजर्सीको वेष्ट विन्डसरमा स्क्वायर नजिकै युएस १ पार गर्न खोज्दा गाडीले ठककर दिएको जनाइएको छ । ६४ बर्षका शेर्पालाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो । ३१ बर्षकी महिलाले चलाएको गाडीबाट उनको मृत्यु भएको जनाइएको छ।

घटनापछि उक्त सडक झण्डै ३ घण्टाका लागि बन्द गरिएको थियो । प्रहरीले घटनाबारे थप जानकारी भएमा आफूलाई उपलब्ध गराउन सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

उनी १२ बर्ष देखि परिवार सहित अमेरिका बस्दै आएको जनाइएको छ ।आफ्ना काका भाईको दुर्घटनामा निधन भएको भन्दै एसी शेर्पाले सामाजिक सञ्जालमार्फत दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

 

Screen Shot 2021-12-05 at 8.50.44 PM.png

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - ०७:३७:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend