पाल्पा हुमिन घर भै हाल अमेरिकाको मेरिल्याण्डस्थित बाल्टिमोर बस्नु हुने समाजसेवी व्यक्तित्व बिष्णु प्रसाद विश्वकर्माले आफ़नो स्वर्गीय बुबा तारा बहादुर विश्वकर्माको स्मृतिमामा रु १,००,००००।-(एक़ लाख मात्र)को अक्षयकोष स्थापना गर्नु भयको छ।
निज बिष्णु विश्वकर्माले बाल्यकालको पहिलो औपचारिंक शिक्षाको रुपमा क ख रा सिकेको पाल्पा जिल्लाको साबिक हुमिन हाल रम्भा गाऊँपालिका -४ स्थित श्री जनहित भगबती माध्यमिक विद्यालयमा अध्यनरत ग़रीब तथा बिपन्न बिधार्थी भाई बहिनीहरूको लागी सहजै शिक्षामा पहुँच र उच्च मनोबल क़ायम राख्न श्री स्व तारा बहादुर यानिसरा छात्रवृती पुरस्कारको लागी रु एक लाखको अक्षयकोषको स्थापना गर्नु भयको छ।
आजै स्कूलको अन्तिम नतीजा प्रकाशनको अवसरमा उक्त रकम बिद्यालयका प्रधानअध्यापक श्री खुम बहादुर पौडेललाई स्व तारा बहादुर विश्वकर्माको जेठों छोरा हुम बहादुर विश्वकर्माले हस्तांतरण गर्नु भयो।
स्व तारा बहादुर लामों समयदेखी उक्त बिद्यालयको संचालक समितिमा रहेर काम गरदै आऊनु भयको र शिक्षाको ज्योति फ़ैलाउनु पर्छ भन्ने सोचको हुनुहुँथ्यो।
अक्षयकोश रकम ग्रहण गर्दै बिध्यालयका प्रधानाध्यापक श्री खुम बहादुर पौडेलले बिदेसमा रहेर पनी आफुले अध्ययन गरेको बिद्यालयमा यसरी अक्षयकोष मार्फ़त ग़रीब जेहेंनदार बिद्यार्थीलाई छात्रवृति प्रदान गर्नु अति नै प्रशंसनीय कार्य भयको भन्दै हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो।