Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकाको न्युयोर्कमा गायक राजेश पायल राईमाथि हातपात

अमेरिकाको न्युयोर्कमा गायक राजेश पायल राईमाथि हातपात

नेप्लिज डायस्पोरा

१८, पौष २०७८
images
अमेरिकाको न्युयोर्कमा गायक राजेश पायल राईमाथि हातपात

 

अमेरिकाको न्युयोर्कमा गायक राजेश पायल राईमाथि हातपात भएको छ।

अंग्रेजी नयाँ बर्ष २०२२ को प्रारम्भको अवसरमा नयाँ बर्षको स्वागत गर्दै शुरु भएको कार्यक्रममा गायक राई माथि हमला भएको हो। गायक राईले गीत गाउँदै गर्दा अचानक एक ब्यक्ति स्टेज मै आएर हातपात गरेका थिए। सरासर स्टेजमा आएका ति ब्यक्तिले पछाडीबाट राईलाई अंगालोमा लिएर लडाउन खोजेका थिए।

सामाजिक संजालमा सार्बजनिक भएको भिडियोमा ति ब्यक्तिले गायक राईलाई लछार पछार गर्दै गरेको देखिन्छ। लगत्तै उपस्थित अन्य ब्यक्तिहरुले ति ब्यक्तिलाई नियन्त्रणमा लिएका थिए। हातपातको घटना पछि पनि गायक राईले अर्को केहि घण्टा आफ्नो प्रस्तुति दिएका थिए।

1.jpg

कार्यक्रमको शुरु मै गायक राईले दर्शक हरुलाई अनुरोध गरेका थिए, "न्यु योर्कको कार्यक्रम सभ्य र भब्य भयो भनेर देखाईदिनु होला।" तर दुर्भाग्य केहीबेर मै गायक राई माथि नै हात पात हुनपुग्यो |

बुद्ध ट्याक्स एकाउन्टिङद्वारा यो कार्यक्रम आयोजना गरिएको थियो। आयोजकले यस बिषयमा कुनै आधिकारिक सूचना र जानकारी सार्बजनिक गरेको छैन। नेपालका एक चर्चित गायक माथि भएको यो घटनालाई सामसुम गर्न नहुने धेरैको आवाज छ। यदि गल्ति गर्ने ब्यक्तिलाई यसै छोडियो भने आगामी दिनमा यो भन्दा ठुला घटना हुन सक्ने अनुमान गरिएको छ

 

राजेश पायल राई न हार्न जानेको छ न भाग्न जानेको छ । आफ्नो आक्रोशलाई सफलता पुर्बक सिर्जनात्मक मोडमा लैजादै राजेशले भनेका थिए, "अगाडीबाट आएको ज्वालामुखी पनि सहन सक्छु, पछाडीबाट आएको अंगालो पनि स्वीकार्य छ ।" यसो भनिरहँदा दर्शकहरुले 'आइ लाभ यु' भनिरहेका थिए।

"टिकटकमा भाईरल हुन् त्यसो गरेको होइन। उहाँले किन गर्नु भयो थाहा छैन तर एकदिन उहाँले पश्चाताप गरेर आत्म हत्या गर्नु हुने छ।" राजेश पायल राईले स्टेजबाट यसो भनिरहँदा दर्शकहरुले 'राई इज किङ्ग' भनिरहेका थिए।

अमेरिकाका धेरै नेपाली कार्यक्रमहरुमा प्राय: झगडा र लडाई हुने गरेका छन्।

कलाकारहरुले आफुले गर्ने कार्यक्रममा धेरै रिसर्च नगरिकन नै सहजै उपस्थित हुने कारणले पनि यस्तो हुने गरेको बताईन्छ। न्यु योर्क घटनाका पछाडीका कारण अहिलेसम्म बाहिर आईसकेको छैन।

 

अमेरिकामा रहेका चलचित्र निर्देशक सुरेश दर्पण पोख्रेलको फेसबुकबाट

 

Screen Shot 2022-01-01 at 7.01.59 PM.png

चलचित्र बलिदानका कलाकार तथा संचारकर्मी शैलेश श्रेष्ठको फेसबुकबाट

"हिजो न्युयोर्कका भएको घटनाको छानविन गरेर अमेरिकी मौजुदा कानुन अनुसार आक्रमणकारीलाई कसुर अनुसार कारवाही नगर्ने हो भने यो त्रास र अराजकता नेपालीपाराको ‘युटोपियन साम्राज्य’ न्युयोर्कमा निरन्तर मौलाउँछ। बुढी मरी भन्दा नि काल पल्कियो भन्ने डर हुन्छ। अझै पनि हामी नेपालकै पाराले भनि दिन्छौं ‘आ भैगो नि त अमेरिकन खोयाबिर्के धोकेका थिए होलान मन्चमा चढेर ठेलठाल गरेछन।’ यो एकजना गायक राजेश पायल राई मात्रको अपमान होइन गीत संगीतकै मानमर्दन हो। यी र यस्तै घटनाहरुबाट हामीले पाठ सिक्नु पर्दछ । द्रब्य आशक्त सर्जकहरुका लागि गीत-संगीत फगत ब्यबसाय नबनोस जसलाई सजिलै फगत डलर, युरो अनि पाउण्डसंग महंगा आयातित मदिराका चुस्कीहरुसंगै बेच्न सकियोस ।" -शैलेश श्रेष्ठ 

Screen Shot 2022-01-01 at 7.13.56 PM.png

 

5.jpg

 

3.jpg

 

Screen Shot 2022-01-01 at 7.01.59 PM.png

 

 

images
प्रकाशित मिति :पौष १८, २०७८ आइतवार - ०५:३८:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend