Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बाल्टिमोर काउन्टीको बजेट बैठकमा नेपाली समुदायको एजेन्डा प्रस्तुत हुने

बाल्टिमोर काउन्टीको बजेट बैठकमा नेपाली समुदायको एजेन्डा प्रस्तुत हुने

सतीश चापागाईं

२६, माघ २०७८
images
बाल्टिमोर काउन्टीको बजेट बैठकमा नेपाली समुदायको एजेन्डा प्रस्तुत हुने

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीको बजेट बैठकमा नेपाली समुदायले सुझाब दिएको एजेन्डा प्रस्तुत हुने भएको छ। एनआरएनए मेरिल्याण्ड च्याप्टर र साथी बाल्टिमोरले काउन्टी बाल्टिमोर काउन्टीलाई सुझाब दिएको क्रिकेट खेल मैदानको एजेन्डा काउन्टी बैठकमा प्रस्तुत हुने भएको छ। काउन्सिल मेन डेभिड मार्क्सले ति दुई संस्थाका प्रतिनिधिसंग केहिदिन अगाडी भेटेर यो जानकारी गराएका हुन्।

बजेट बैठक यहि फेब्रुअरी १० को दिन हुने भएको छ। बैठकमा नेपाली संस्थाका तर्फबाट प्रस्ताव गरिएको क्रिकेट खेल मैदान निर्माणको लागि बजेट छुट्याउन छलफल गरिने भएको छ। यो बैठकमा सहभागी भएर आफ्ना धारणा राख्न काउन्सिल मेन डेभिडले जानकारी गराएका थिए।

केहि महिना अगाडी काउन्सिल एक्जुकेटिभ जोनी ओसंग भेटेर नेपाली संस्थाका प्रतिनिधिले दिएको र उक्त सुझाब काउन्टीको बजेट बैठकमा प्रस्तुत हुनु धेरै नै खुशीको कुरा भएको एनआरएनए अमेरिकाका अध्यक्ष राजु पराजुलीले बताए।

यो कार्यक्रममा मेरिल्याण्डका सबै संघ संस्थाका नेतृत्वलाई सहभागी भईदिनु हुन् साथी बाल्टिमोरका संयोजक रमेश भट्ट सार्बजनिक अनुरोध गरेका छन्।

"हामी Baltimore Countyमा Cricket Ground को लागि NRNA Maryland Chapter संगको सहकार्यमा येही आउदो Thursday February 10, 2022 6:30 pm का दिन 5th District Town Hallमा सहभागी हुदैछौ। कृपया Town Hall meeting मा सहभागी हुन यहाँहरुलाई अनुरोध गर्दछौ।" रमेश भट्टले आफ्नो फेसबुकमा लेखेका छन्।

 

(नेप्लिज डायस्पोरा डटकम प्रवासमा रहेका नेपालीको कथा र व्यथामा आधारित अनलाइन हो । पसिना र सपना यसको मुख्य नारा हो । नुन किन्नदेखि नुन किन्ने बन्नसम्मका लागि हामी परदेशिएको ईतिहास हो । यही ईतिहासको गर्तमा टेकेर परदेशमा रहेर घरदेशको चिन्तासंगै परदेश मै आफ्नो जीवनचर्याका दैनिकी हाम्रा प्राथमिकता हुन् । तपाईसंग पनि केहि समाचार, विचार र रचनाहरु छन् भने [email protected] मा पठाउनु होला।)

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - ०५:५५:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend