Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

न्युयोर्कमा ट्याक्स फाईलदेखि रियल स्टेटसम्मको सुबिधा एकै ठांउमा

न्युयोर्कमा ट्याक्स फाईलदेखि रियल स्टेटसम्मको सुबिधा एकै ठांउमा

नेप्लिज डायस्पोरा

२८, माघ २०७८
images
न्युयोर्कमा ट्याक्स फाईलदेखि रियल स्टेटसम्मको सुबिधा एकै ठांउमा

एसियन अमेरिकन समुदायलाई लक्षित गरी राइज ग्लोबलले गत आइतबारबाट आफ्नो सेवा शुरु गरेको छ । विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्क शहरको ज्याक्सन हाइटस्बाट राइज ग्लोबलले सेवा शुरु गरेको हो ।

नेपाली तथा एसियन मूलका मानिसको बाहुल्य रहेको क्षेत्र मानिने ज्याक्सन हाइटस्मा आइतबार एक कार्यक्रमको आयोजना गरी कम्पनीको उदघाटन गरिएको थियो ।

ट्याक्स फाइलिंग, बिमा, रियल स्टेट, नोटरी पब्लिक, भाषा अनुवाद लगायतका अत्यावश्यक सेवा एउटै थलोबाट दिन सकिने गरी संस्था शुरु गरिएको राइज ग्लोबलका प्रमुख कार्यकारी विजय ज्ञवालीले जानकारी दिए ।

“सस्तो शुल्कमा गुणस्तरीय सेवा एकै थलोबाट दिने हाम्रो मूल लक्ष्य हो,” उनले भने । राइज ग्लोबलले विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट प्रदान गरिने सेवासुविधाका लागि फर्म भरिदिने काम पनि गर्दछ ।

न्यूयोर्कका करिब १०० सामुदायिक अगुवाहरुको उपस्थिति रहेको कार्यक्रममा स्थानीय व्यवसायी तथा समाजसेवीहरुले एउटै स्थानबाट विभिन्न सेवा दिने राइज ग्लोबलको प्रयासको प्रशंसा गरेका थिए । सो अवसरमा कम्पनीका निर्दशक विवेक अधिकारी, केशवराम राई र श्याम कार्कीले राइज ग्लोबलको भिजन मिसनका बारेमा जानकारी दिएका थिए ।कार्कीकै अध्यक्षतामा कार्यक्रम भएको थियो । 

 

 

5F7FADF8-5F5F-4158-B079-55756287FCFD.jpeg

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - १०:३३:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend