रक्तदाता समूह अमेरिका (BLOOD DONORS OF AMERICA- BDA) को ९ सदस्य मेरिल्याण्ड शाखा गठन भएको छ।
सुशिल पंगेनीको संयोजकत्वमा गठन भएको कमिटिमा सह-संयोजक किरण पण्डित, महासचिवमा तारा खराल न्यौपाने, सचिवमा रिना केसी गौतम, कोषाध्यक्षमा ईन्दिरा आचार्य ज्ञवाली, IT Director मा सन्तोष पौडेल र सदस्यहरूमा क्षितिज घिमिरे, सौरभ भट्ट, बसन्त घिमिरे रहेका छन।
यस्तै ५ सदस्य सल्लाहाकार समिति पनि गठन भएको छ।
सल्लाहाकार समितिमा बालानन्द भण्डारी, केमिका भण्डारी, देवव्रत शर्मा, सुबोध विलास पन्त र किरण ढकाल रहनुभएको छ।
संस्थाले अमेरिकन रेडक्रस र विभिन्न संघ-संस्थाहरूसंगको सहकार्यमा नियमित रक्तदान कार्यक्रमको आयोजना गर्नेछ।

सतीश चापागाईको गीत हेर्नुहोस: