Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सन् फ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ हुने

सन् फ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ हुने

नेप्लिज डायस्पोरा

४, फाल्गुण २०७८
images
सन् फ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ हुने

डायस्पोरा प्रतिनिधी/ क्यालिफोर्निया

क्यालिफोर्नियाको सुन्दर शहर सन् फ्रान्सिस्कोमा नेपाली नयां वर्षको अवसरमा अप्रिल ९, २०२२ का दिन नेपाल डे परेड हुने भएको छ। गैर आवाशिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीका अन्तरगतको पश्चिम क्षेत्र र क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियामा रहेका विभिन्न नेपाली संघ संस्थाहरुसंगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो।

परेड सन् फ्रान्सिस्को डाउनटाउनमा रहेको फेरी बिल्डिंगबाट सुरु भएर सिभिक सेन्टर नजिकै रहेको यु एन प्लाजामा गएर कोण सभामा परिणत हुने कुरा एन आर एन ए क्यालिफोर्निया च्याप्टरका सचिव हरी ओझाले जानकारी दिनुभयो। “सिटी संग पर्मिट लिने काम अन्तिम चरणमा पुगेको छ र केही दिनमै पर्मिट आईसक्छ” ओझाले भन्नुभयो।

कार्यक्रमको मूल आयोजक समितीको संयोजक समेत रहनुभएका एन आर एन ए अमेरीका, वेष्ट कोष्ट रिजनका संयोजक श्री राम थापाका अनुसार परेडमा पांच हजारको हाराहरीमा सहभागीता रहनेछ। यो कार्यक्रममा विभिन्न स्थानिय संघ संस्थाहरुको प्रत्यक्ष सहभागिता रहनेछ भने विभिन्न जातजातिका भेषभुषा र झांकी समेत प्रस्तुत गरिने छ।

परेडमा लाखे नाच गरिने र पन्चे बाजा समेत बजाईने कुरा थापाले जानकारी दिनुभयो। परेडपछि अप्रिल ९ तारीखकै सांझ भव्य सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ। उक्त सांस्कृतिक कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका लागी प्रयास भईरहेको र स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

कार्यक्रमले नेपाल देश, नेपाली भाषा, कला र संस्कृतिलाई परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ। कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोगको आवश्यकता पर्ने हुनाले सबैको सहभागीताका लागी एनआरएनए, एनसिसि अमेरीका वेष्ट कोष्ट रिजन र क्यालिफोर्निया च्याप्टरले सबै समक्ष आव्हान गरेको छ।

33977BBE-845E-496E-A237-A98329242333.jpeg

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०९:१८:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend