एनआरएनए क्यानडाले आफ्ना प्रतिनिधिहरुको नाम आईसिसिको लिष्टबाट हटेकोमा आपत्ति जनाएको छ । एक प्रेस विज्ञप्ति मार्फत क्यानडाले आपत्ति जनाएको हो ।
प्राबिधिक कारण देखाएर आफ्ना प्रतिनिधिहरु हटाएको तर यो संस्थाको भावना विपरित भएको पनि एनआरएनए क्यानडाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्ति पढ्नुहोस:
आदरणिय गैरआवासीय नेपाली संघ क्यानडाका साधारण सदस्यज्युहरु एवं आजीवन सदस्यज्युहरु एवं नेपाली समुदायका सदस्यज्युहरु ।
नमस्कार
गैरआवासीय नेपाली संघ क्यानडाबारे पछिल्लो समयमा विभिन्न संचार माध्याम सामाजिक संजालमा आएका समाचारबारे संस्थाको ध्यानाकर्षण भएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा पछिल्लो पटक बिकसित गतिविधिलाई गैरआवासीय नेपाली संघ क्यानडाले नजिकबाट हेरिरहेको छ । संस्था जटिल मोडमा पुगेको वर्तमान परिस्थितीमा संस्थाको मेरुदण्डको रुपमा चिनिने राष्ट्रिय समन्वय परिषदहरुले जिम्मेवार र संयमतापुर्वक आफ्ना कदमहरु अगाडी बढाउनुपर्ने अवस्था छ ।
अन्तराष्ट्रिय समन्वय परिषदमा विकसित भइरहेका परिदृष्यले गैरआवासीय नेपाली संघ क्यानडा र क्यानडाको नेपाली समुदायमा असर पर्नुहुँदैन । यहाँको सामाजिक एकता, सद्भाव र भाइचाराको सम्वन्ध हाम्रालागी महत्वपुर्ण हो त्यसैले यसलाई प्रार्थमिकतामा राखेर नै वर्तमान कार्यसमितिले काम गरिरहेको छ । यसका लागी सहयोग गर्ने सवै पक्ष एवं व्याक्तिहरुलाई धन्यबाद दिन चाहन्छु ।
गैरआवासीय नेपाली संघ क्यानडाले पठाएका डेलिगेट्सहरुमा आजीवन सदस्य ज्युहरु संलग्न हुनुहुन्छ तर उहाँहरुको नाम एमआइएस सिस्टममा छैन । सेल्फी अनिवार्य भएका कारण सिस्टममा नहुँदा उहाँहरुको डेलिगेट्स खारेज हुने अवस्था छ । त्यस्तै कतिपय सदस्यहरु प्रारम्भिक मतदाता नामावलीमा रहेको तर पछिल्लो मतदाता नामावलीमा बिना जानकारी हटाइएको छ । क्यानडाबाट पठाइएका प्रतिनिधिहरुलाई आइसीसीले प्राविधिक समस्या देखाएर हटाउने काम गरेको छ । यो हामीलाई स्विकार्य छैन । त्यसकारण ति समस्याहरु समाधान भएपछिमात्र हामीले केन्द्रमा बुझाउनुपर्ने रकम बुझाउँछौ भन्ने हाम्रो अडान हो ।
यद्यपी यो विषयमा छलफल गर्न गैरआवासीय नेपाली संघ क्यानडाको कार्यसमितिको आकस्मिक वैठक आज शुक्रबार साँझ ६ बजे बस्दैछ । बोर्डमा सवै साथीहरुको सल्लाह अनुरुप उपयुक्त निर्णय लिइने छ ।
धन्यबाद ।
दिपक गौतम
अध्यक्ष, गैरआवासीय नेपाली संघ क्यानडा