Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अमेरिकाको ओहायोमा 'अप्रिल २१ दिनेश सुनार डे' घोषणा

अमेरिकाको ओहायोमा 'अप्रिल २१ दिनेश सुनार डे' घोषणा

नेप्लिज डायस्पोरा

१३, बैशाख २०७९
images
अमेरिकाको ओहायोमा 'अप्रिल २१ दिनेश सुनार डे' घोषणा

 

सिटी अफ अक्रोन, ओहायो राज्य अमेरिकामा 'अप्रिल २१ दिनेश सुनार डे' को घोषणा गरिएको छ। आफ्नो अद्भुत कला अनि क्षमताका कारण 'पार्कोर' खेलमा गिनिज रेकर्ड बुकमा पाँचौ पटक विश्व रेकर्ड राख्दा एक्रोन शहरको समेत प्रतिनिधित्व गरेका कारण एक्रोन सिटिका मेयर ड्यानियल हरिगनले 'अप्रिल २१ (२०२२) दिनेश सुनार डे' घोषणा गरेको हुन ।

दिनेश सुनार नेपालकै सबैभन्दा पहिलो 'पार्कोर' विधाको खेलाडी हुन। यसरी 'दिनेश सुनार डे' घोषणा गर्न पाउँदा आफू निकै प्रसन्न रहेको तथा भविष्यमा थप किर्तिमयी गतिविधिको आशा गरेको भन्दै मेयर ड्यानियल होरिगनले दिनेश सुनारलाई हार्दिक वधाई अनि शुभकामना दिएका थिए। मेयर ह्यारीगनको आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरि दिनेश सुनारलाई उद्घोषणा पत्र प्रदान गरिएको थियो। मेयर अफिसका बाहेक पाँचजनालाई मात्र सहभागी हुन अनुमति दिइएको उक्त उद्घोषणा (Proclamation) कार्यक्रममा वडा २ का काउन्सिलम्यान फिलिप लोम्बार्डी र मेयर कार्यलयका सञ्चार एवं मिडिया सुपरभाइजर जेक बेल, प्रशासकीय सम्योजक श्रीमति लरी, नासो अमेरिकाका अध्यक्ष राजेन्द्र सुनार सेन्चुरीको पनि उपस्थिति रहेको थियो।

प्रशंसनीय भूमिका निर्वाह गरेका भुटानी सामुदायिक संघ एक्रोनका अध्यक्ष मनोरथ खनाल, बृहत्तर एक्रोन हिन्दु सेवा समितिका उपाध्यक्ष हेमन्ता तिरवा-खाती, सनसाइन ते–क्वान–डो की मास्टर कौशिला खनाल, समाजसेवी तथा स्वास्थ परिचारिका दुर्गा गजमेर-खाती को समेत उपस्थिति रहेको थियो।

मेयर ह्यारोगन र अक्रोन सिटीको प्रशंसा गर्दै सुनार, नेपाल र अक्रोनलाई गौरवान्वित बनाउन आफूले सधैं मेहनत गर्ने प्रतिवद्धता व्यक्त गरे। दिनेशले एक्रोन निवासी हर्क तिरवा-हेमन्त तिरवा लगायत सम्पूर्ण परिवारलाई समग्र रुपबाट सहयोग गरेकोमा हार्दिक आभार व्यक्त गरे। हर्क तिरवा आफैं ताई-क्वोन-डो मार्शल आर्टमा दोस्रो डेन होल्डर हुन्। त्यसरी नै सन साइन एकेडेमी प्रति हार्दिकता दर्शाउँदै सबै आयोजक, समर्थक, सहयोगी औ मिडियाहरुलाई समेतलाई दिनेशले हार्दिक आभार ब्यक्त गरेका थिए।

यसरी नै, नेपाली अमेरिकी सामाजिक संस्था (नासो युएसए) का अध्यक्ष राजेन्द्र सुनार सेन्चुरीले विभिन्न संस्कृतिका बीचमा सुमधुर सम्बन्ध स्थापित गर्न र मेलमिलाप सहितको उन्नत समाज बनाउन यस्ता कार्यक्रम अत्यन्त आवश्यक र सहयोगी हुने बताए । अध्यक्ष सुनार सेन्चुरीले मेयर ह्यारिगन, काउन्सिलम्यान लोम्बार्डी र सञ्चार तथा मिडिया सुपभाइजरलाई माया र प्रशंसाको चिनोका रूपमा 'नेपाली टोपी' र 'खादा’ प्रदान गरेका थिए ।

पाँचौ पटकक विश्व गिनिज रेकर्ड पश्चात् छैठौं विश्व रेकर्डका लागि आफुले तयारी गर्दै रहेको जानकारी समेत दिनेश सुनारले दिएका थिए।

दिनेश सुनारको किर्तिमयी अभियान पूर्ण सफल भएकोहोस भनि नेपालिज डायस्पोरा डटकम तथा परिवार शुभकामना ब्यक्त गर्दछ।

images
प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - ०२:०५:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend