अमेरिकामा रहेका नेपाली युवाहरुले काठमाडौँ महानगरपालिकाका मेयर पदका उमेद्वार बालेन शाहलाई सहयोग गर्न अभियान नै शुरु गरेका छन्। उनीहरुले एक अन्तरक्रिया कार्यक्रम गरेर शाहको सहयोगमा जुटेका हुन्।
बुधबार बिहान उनीहरु मेयर पदका उमेद्वार बालेन शाहसंग जुम मार्फत प्रत्यक्ष जोडीएर अन्तरक्रिया पनि गरेका थिए। अन्तरक्रियाका क्रममा बालेनले आफु काठमाडौँको मुहार फेर्न योजना सहित आएको बताएका थिए। "म घर दैलो कार्यक्रमबाट आएको हो र यो कार्यक्रमपछि फेरी घर दैलो कार्यक्रम मै जादैछु।" उनले भने।
बालेनले भने, "धेरै उत्साह पाएको छु। तपाईहरुले पनि काठमाडौँका आफ्ना मानिसलाई फोन गरेर बालेनलाई भोट दिनु भनेर भनिदिनु होला ।"
हामीले बालेनलाई तन, मन र धनले सहयोग गर्दैछौं। काठमाडौँका आफन्तलाई फोन गरेर बालेनलाई भोट हाल्न अभियान नै चलाएका छौं। यो अभियानका एक मुख्य व्यक्ति रमेश भट्ट नेपाली छोरोले सो कार्यक्रममा भने।
बालेनका पक्षमा आफुहरुले अमेरिकाबाट आवश्यक सहयोग गरिरहेको बिष्णु जोशीले बताए। जोशी विवेकशील साझाको प्रवास बिभागका पुर्व प्रबक्ता हुन्।
कार्यक्रममा एनआरएनए मेरिल्याण्ड च्याप्टरका महासचिव प्रविन खड्का, साथी बाल्टिमोरका विश्वकिरण थापा, युवा व्यवसायी शंकर नेपाल लगायतले बोल्नु भएको थियो ।
नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमका लागि बालेन जिताउं अभियानमा सक्रिय यूवा समाजसेवी बिमल पन्तले सहयोग गरेका थिए ।
कार्यक्रममा डाक्टर प्रगति घिमिरेले आफुहरुले नेपालमा रहेका आफन्तहरुलाई भनिसकेको बताउदै बालेन काठमाडौँको मुहार फेर्ने एक मात्र उमेद्वार भएको विचार ब्यक्त गरिन।
अहिले अमेरिकाबाट नेपालको काठमाडौँमा फोन गरेर बालेन लाई भोट माग्ने अभियान नै चलेको बताईन्छ। र बिभिन्न समुहले सहयोग अभियान चलाएको बुझिएको छ।