पाल्पाली संगम अमेरिकाको मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको समर पिकनिक अमेरिकाको बाल्टिमोरमा सम्पन्न भएको छ ।
पिकनिक भव्य भएको संगमका मेरिल्याण्ड अध्यक्ष लक्ष्मण पौडेलले बताउनु भयो ।
पहिलो पटकको पिकनिक भएकोले व्यवस्थापनमा कहिकतै कमजोरी भएपनि रमाईलो र आत्मियताका हिसाबले पिकनिक अति नै भव्य भएको मेरिल्याण्डका सचिव तथा पिकनिकका संयोजक प्रवेश उप्रेती पलले बताउनु भयो ।
पिकनिकमा संगमका अन्तराष्ट्रिय संयोजक सतीश चापागाईले संसारभर फैलिएका पाल्पालीहरुलाई एकआपसमा जोड्ने उद्देश्यले संगमलाई विभिन्न देशमा विस्तार गरिएको बताउनु भयो ।
संगमका अमेरिका अध्यक्ष महेश भट्टराईले संगमले विगतमा गरेका कामहरु र आगामी योजनाहरुका बारेमा जानकारी दिनुभएको थियो । संगम अमेरिकाका सचिव सागर घिमिरेले संचालन गरेको कार्यक्रममा बानाका अध्यक्ष सुबोधविलास पन्त लगायतका अतिथीहरुले बोल्नु भएको थियो ।
पिकनिकमा भलिबल खेलाईएको थियो, नाचगानसंगै पाल्पाली चुकाउनी र सेलरोटी बिशेष परिकारका रुपमा खुवाईएको थियो ।
प्रवेश उप्रेती, कुशल वस्याल, कमल खनाल, ईश्वरि न्यौपाने, लेख खड्का, भृकुटी पंगेनी, वावुराम वस्याल, बिष्णु पोखरेल, बसन्त घिमिरे, बसन्त भट्टराई, कामना पन्थी लगायतका स्वयं सेवकले सहयोग गर्नु भएको थियो ।
कार्यक्रममा फोटोग्राफर शुशील पंगेनीले कैद गरेका तस्वीरहरुका लागि तलको लिंक क्लिक गर्नुहोस !