एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरले आफ्नै भलिवल टिम बनाएको छ । च्याप्टरमा आबद्ध भएका ६ खेलाडीहरुलाई यहि आईतबार जर्सी बितरण गरियो ।
च्याप्टर अध्यक्ष राजु पराजुलीले टिम क्याप्टेन शक्ति रेग्मीलाई जर्सी हस्तान्तरण बितरण गर्नु भएको थियो । यसैगरी च्याप्टरका सल्लाहकारहरु र कार्य समितिका पदाधिकारीहरुले पनि अन्य खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरेका थिए ।
सल्लाहकारहरु सहितको कार्य समितिको एक भेलाले आफ्नै कार्यालयमा जर्सि हस्तान्तरण गरिएको हो ।
सम्बद्ध भए लगत्तै यो टिम मेरिल्याण्ड च्याप्टरको प्रतिनिधित्व गर्दै क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा हुने राष्ट्रिय भलिवल प्रतियोगितामा सहभागी हुन जादैछ । नेपाली खेलाडीहरुकाबीच अन्तर राज्य भलिवल प्रतियोगीता यही मे को २८ र २९ मा प्रतियोगीता हुदैछ ।