काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १२४ रूपैयाँ १३ पैसा र बिक्रीदर १२४ रूपैयाँ ७३ पैसा तोकेको छ।
त्यस्तै, क्यानडियन डलर एकको खरिददर ९८ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९९ रूपैयाँ ३४ पैसा रहेको छ।
एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १० र बिक्रीदर ८९ रुपैयाँ ५३ पैसा तोकिएको छ।
यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।