Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बाल्टिमोरमा जीवन विज्ञान अन्तर्गत ‘परम आनन्दको द्वार’ बिषयक प्रवचन कार्यक्रमको तयारी पुरा

बाल्टिमोरमा जीवन विज्ञान अन्तर्गत ‘परम आनन्दको द्वार’ बिषयक प्रवचन कार्यक्रमको तयारी पुरा

सतीश चापागाईं

११, आषाढ २०७९
images
बाल्टिमोरमा जीवन विज्ञान अन्तर्गत ‘परम आनन्दको द्वार’ बिषयक प्रवचन कार्यक्रमको तयारी पुरा

बाल्टिमोर

जीवन विज्ञान अमेरिकाद्वारा बाल्टिमोरमा परम आनन्दको द्वार बिषयक प्रवचन कार्यक्रम मेरिल्याण्डको बाल्टिमोरमा पनि हुने भएको छ । टेक्सासको कार्यक्रमको पूर्ण सफलतापछि बाल्टिमोरमा कार्यक्रम हुदैछ।  

यहि जुलाईको १७ तारिखमा कार्यक्रम हुने जानकारी बाल्टिमोरको कार्यक्रमको ब्यबस्थापन गरिरहनु भएकी समाजसेवी तथा जीवन विज्ञानकी प्रशिक्षक माया श्रेष्ठले जानकारी दिनुभएको छ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको स्थानीय आयोजकले जानकारी दिएको छ।

बाल्टिमोरको कार्यक्रम दुई घण्टाको हुनेछ। कार्यक्रण निशुल्क हुनेछ र कार्यक्रम सम्पन्न हुने बित्तिकै प्रसाद वितरण गरिनेछ।

NCSC र विभिन्न संसस्थाद्वारा संयोजन गरिएका यस्तै विभिन्न कार्यक्रम अमेरिकाका अन्य स्टेटमा पनि भइरहेका छन ।

कार्यक्रममा गुरुहरु एल पी भानु शर्मा र रमेश नेपाल पनि उपस्थित हुनुहुने जानकारी प्रशिक्षक श्रेष्ठले दिनुभएको छ ।

साथै सो कार्यक्रममा उपस्थित भई मानसिक र शारीरिक लाभ लिन जीवन बिज्ञानका प्रशिक्षक माया श्रेष्ठले सबैलाई आव्हान गर्नुभएको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०७९ शनिवार - २३:३३:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend