Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

प्रवासी नेपाली मंचले नागरिकता विधेयकका बारेमा जुम अन्तरक्रिया गर्दै

प्रवासी नेपाली मंचले नागरिकता विधेयकका बारेमा जुम अन्तरक्रिया गर्दै

नेप्लिज डायस्पोरा

२८, आषाढ २०७९
images
प्रवासी नेपाली मंचले नागरिकता विधेयकका बारेमा जुम अन्तरक्रिया गर्दै

प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीले 'गैर आवासिय नेपाली नागरिकता र प्रवासबाट मतदान अधिकार' बिषयक खुल्ला छलफलको आयोजना गरेको छ ।

यहि जुलाईको १२ तारिखको राती ९:१५ बजे कार्यक्रम जुममा गरिने छ । कार्यक्रममा गैर आवासिय नेपाली नागरिकता र प्रवासबाट मतदान अधिकारका बिषयमा लामो समयदेखि सक्रिय दुई नेपाली सांसदहरु कृष्णभक्त पोखरेल र डाक्टर सूर्य पाठक विज्ञ श्रोत ब्यक्तिका रुपमा उपस्थित हुनुहुनेछ । 

जुममा उपस्थित सहभागीहरुबाट कमेन्ट लिईनेछ साथै उहांहरुबाट ईनबक्समा जिज्ञासा लिईनेछ । प्राप्त जिज्ञासाहरुलाई संकलन गरी विज्ञ माननीय द्वयबाट जवाफ लिईने कार्यक्रम आयोजक संस्था प्रवासी नेपाली मंच अमेरिकाका निबर्तमान अध्यक्ष प्रभु थापाले नेप्लिज डायस्पोरालाई जानकारी दिनुभयो । 

यो बिषयमा जानकारी लिन र मनमा लागेका केही जिज्ञासा मेटाउन चाहनेले फ्लायरमा उपलब्ध जुममा जोडिन सकिने पनि प्रभु थापाले बताउनु भयो । 

"नागरिकता विधेयक पारित होला भनेर आशा गरेको बेला सरकारले विधेयक नै फिर्ता लगेपछिको अन्यौलता चिर्न यो कार्यक्रम गर्नु परेको हो" थापाले भन्नुभयो । 

images
प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - ०८:०६:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend